Aamsanchar

इन्टरनेटको भाउ घट्ने सहमति नजिक : सञ्चारमन्त्री बास्कोटा

Author Image
बिहिवार, पौष ३, २०७६


काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकूल बास्कोटाले अन्र्तराष्ट्रिय क्षेत्रमा इन्टरनेटको मूल्य घटेका बेला नेपालमा पनि भाउ घट्ने सहमति नजिक पुगेको बताएका छन् । बुधबार मन्त्रालयले ललितपुरमा गरेको डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले इन्टरनेट सर्भिस प्रदायकहरुले भाउ घटाउनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘संसारमा इनरनेटको भाउ घट्यो, नेपालमा घटेन । सर्भिस प्रोभाइडरहरुले यसको भाउ घटाउनुपर्छ । निकै लामो रस्साकस्सीपछि अहिले यो सहमति नजिक पुगेको छ ।’ कार्यक्रममा मन्त्री बास्कोटाले डिजिटल नेपाल निर्माणका लागि एकीकृत रुपमा पूर्वाधार विकास गर्नुपनेमा जोड दिएका छन् ।

५ बर्षभित्र कार्ययोजना पूरा गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पूर्वाधार निर्माणका लागि धेरै खर्च गर्नुपर्ने बताएका हुन् । डिजिटल नेपाल ‘एक्सन ओरिन्टेड’ कार्यक्रम रहेको बताउँदै उनले यसको कार्यान्वयन गर्दा सामाजिक बनोटका आधार हेर्नुपर्ने बताएका छन् । आउँदो पुस्ताको यसप्रतिको आकर्षण उत्साहको विषय रहेको बताउँदै सूचना प्रविधिलाई सबैको पहुँचमा पु¥याउनु चुनौतीको विषय रहेको बताए ।

प्रविधिलाई सम्पूर्ण नेपालीको पहुँचमा पु¥याउन एकीकृत विकास आवश्यक रहेकोमा उनको जोड छ । मन्त्री बास्कोटाले भने–‘धादिङबाट अप्टिकल फाइबर बिस्तारको काम थालियो । ३ किलोमिटरसम्म काम भएपछि सडक विभागले बाटो बिस्तार हुँदैछ भन्यो । सडकका कारण काम रोकियो । रेडियो नेपाल र नेपाल टेलिभिजनका टावरहरुबिच पनि समन्वय नभएको अवस्था पाइयो ।’

उनले सरकारी निकायहरुबिच पूर्वाधार विकासमा समन्वय हुनुपर्ने बताउँदै सस्तोमा सूचना प्रविधि वितरण गर्न पूर्वाधार विकास मुख्य रहेकोमा जोड दिए । उनले विकास साझेदारहरु नेपालका लागि आवश्यक रहेको बताउदै उनीहरुसँग भएको सीप प्रविधि नेपालले साझेदार गर्न चाहेको बताए ।

डिजिटल प्रकाशनहरुलाई एकीकृत प्रणालीबाट गर्न आवश्यक रहेको बताउदै मन्त्री बास्कोटाले ड्राइभिङ लाइसेन्स, राहादानी, राष्ट्रिय परिचयपत्र, शैक्षिक प्रमाणपत्र फरक फरक निकायले प्रकाशन गर्ने बताउदै सबैलाई एकीकृत रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 358

प्रतिक्रिया (०)