Aamsanchar

फाँसी दिनुअघि नै मृत्यु भए, मुसर्रफको शव झुण्ड्याउन आदेश

Author Image
शुक्रवार, पौष ४, २०७६


पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको मृत्यु फाँसी दिनुअघि भए तीन दिनसम्म शव झुण्ड्याउन आदेश दिएको छ।

अदालतले मृत्युदण्ड सुनाएको दुई दिनपछि बिहिबार फेरि मुसर्रफको मृत्यु फाँसी दिनुअघि नै भए उनको शवलाई इस्लामावादसम्म तानेर तीन दिनसम्म झुण्ड्याउन आदेश दिएको छ।

‘यदि उनी मरेको भेटिए, उनको शवलाई तानेर इस्लामावादको डि–चोकमा लगेर तीनदिन सम्म झुण्ड्याउनू’ अदालतले आदेशमा भनेको छ। विशेष अदालतले गत मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको थियो।

जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्।मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो।

पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए। सन् २०१३ मा मुसर्रफविरूद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर