Aamsanchar

अष्ट्रेलियामा ज्वालमुखीको खतरा उच्च

Author Image
आइतवार, पौष ६, २०७६

सिड्नी । सयौँ ज्वालामुखी अष्ट्रेलिया भर छरिएका छन्, विज्ञहरूबीच ज्वालमुखी कहिले जान्छ भन्ने कुरामा भने एकमत रहेको छैन । नयाँ ज्वालामुखी प्रान्तका अनुसार अधिकांश व्यक्तिहरू अनजान छन् कि अष्ट्रेलिया विश्वको सबभन्दा लामो ज्वालामुखीको श्रृंखला भएको देश हो । यसले दक्षिण अस्ट्रेलियामा ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ । नयाँ ज्वालामुखी प्रान्तमा ४०० भन्दा बढी ज्वालामुखीहरू रहेका छन् जो मेलबोर्न, भिक्टोरियादेखि दक्षिण अस्ट्रेलियाको माउंट गेम्बियरसम्म २३,००० वर्ग किलोमिटरसम्म फैलिएको छ। माउन्ट गाम्बियरमा र नीलो ताललाई विशेष संवेदनशिल भागका रुपमा लिइएको छ । ५००० हजार वर्ष अगाडि उक्त क्षेत्रमा अन्तिमपटक ज्वालामुखी गएको थियो ।

केही ज्वालामुखीविद्हरूले भविष्यवाणी गर्दै भनेका छन्,‘अबको ५००० वर्षभित्र अस्ट्रेलियामा ज्वालामुखी जान्छ । यसले अस्ट्रेलियामा भयावह स्थिति ल्याउने छ । अस्ट्रेलिया सम्भावित प्रकोपको लागि तयार रहनु आवश्यक रहेको छ।’ उक्त चेतावनी न्यूजील्याण्डको व्हाइट आयरल्याण्ड ज्वालमुखी गएसँगै अस्ट्रेलियाका ज्वालामुखीविद्हरुले बताएका हुन् ।

न्युजील्याण्डमा ज्वालमुखीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ जसमा ९ जना अस्ट्रेलियन रहेका छन् । मकक्वेरी विश्वविद्यालयका प्रोफेसर तथा ज्वालामुखीविद् हिथर ह्याण्डलेले भनेका छन्,‘प्रत्येक १० हजार देखि १२ हजार वर्षको अन्तरालमा ज्वालमुखी जाने सम्भावना हुन्छ । यसका लागि अष्ट्रेलिया तयार रहनुपर्छ ।’ अर्को सात वर्ष छ भन्दै कुरेर बस्न नहुने र आवश्यक तयारी गर्नुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्,‘हामीलाई थाहा छैन यो एक हप्ता जान्छ, महिना दिनमा जान्छ वा वर्षौ लाग्न पनि सक्छ । साय हजारौँ वर्ष पनि लाग्न सक्छ । तर, समय आइसकेको छ इमरजेन्सी म्यानेजमेन्ट सिस्टम बनाउनु तत्काल आवश्यक रहेको छ ।’ डेली मेल मिडियाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर