

पुरुषको तुलनामा प्रायः महिलामा ओंठ फुट्ने समस्या बढी देखिन्छ । शरीरमा पानीको कमी, सुख्खापन र चिसो हावा आदिका कारण ओठ फुट्ने समस्याले सताउँछ । यद्यपि, केही सामान्य घरेलु उपाय अपनाए ओठ फुट्नबाट बच्न सकिन्छ ।

> ओंठ बेलाबेलामा चुस्ने वा चाट्ने बानी राम्रो होइन । यसो गर्दा ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ ।
> घर बाहिर निस्किँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।

> बाहिरी वातावरणमा जाँदा लिपगार्ड वा लिपिस्टिक लगाउँदा पनि ओँठ फुट्नबाट बच्न सकिन्छ ।
> पानी धेरै पिउनु पनि यो समस्याबाट बच्ने उपाय हो ।
> दैनिक बदाम र सुन्तला सेवन गर्दा पनि यस समस्याबाट बच्न सकिन्छ ।
> विभिन्न घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सककहाँ गएर जचाँउनुपर्छ ।
Views: 170

