Aamsanchar

२०२० मा कोरियाले ५६ हजार श्रमिक लैजाने

Author Image
आइतवार, पौष ६, २०७६


कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।

कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए । आजको कारोबार दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर