Aamsanchar

प्रहरी र बालुवा चोरबीच विवादः प्रयोग गरेको सवारीलाई नियन्त्रणमा

Author Image
आइतवार, पौष ६, २०७६


महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो ।

प्रहरील बा. ४ ख ३४३७, बा. ४ ख २३१६, बा. २ ख ४४१६, र प्रदेश नं.३–००१–००५ ख ९२५१को मिनिट्रक नियन्त्रणमा लिएका वृत्तका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । बालुवा चोरी निकासी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी खोलामा पुगेको थियो । बालुवा निकालेर गाडीमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याउने प्रयास गर्दा चालकहरुले विवाद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीसँग वादविवाद गरि गाडी छोडी चालक फरार भएकोले चारवटै गाडी प्रहरीले नियन्त्रणमा लिएर कार्यालय थिमिमा ल्याई अनुसन्धान भइरहको डिएसपी कोइरालाले बताएका छन् । फरार सवारी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कानुनी कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर