Aamsanchar

अत्याधिक जाडोका काराण बिद्यालय तीन दिन बन्द

Author Image
आइतवार, पौष ६, २०७६

सुनसरी। केही दिन देखि अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै इटहरी उपमहानगरपालिकाले तिन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

पुस सुरुभए देखिनै विहानै देखि हुस्सु लाग्ने तर घाम नलाग्ने समस्याको कारण जनजीवन प्रभावित बन्दै भएको छ । चिसोका कारण बालबालिका जेष्ठनागरिक बढी प्रभावित बन्ने गरेका छन । ईटहरी लगाएतका चोक गल्लीहरुमा आगोबालेर ताप्नेको संख्या धेरै देख्न सकिन्छ ।

जाडोको कारण बालबालिकाहरुलाई समस्या परेको भन्दै सामुदायीक र नीजि विद्यालय ७ गते देखि ९ गते सम्म कक्षा एक देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विदा दिएको इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाकी प्रमुख कुमारी अम्बिका शाहले बताईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर