Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्षले ३८२ जनालाई वितरण गरे न्यानो कपडा

Author Image
सोमवार, पौष ७, २०७६

कपडा वितरण गर्दै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, ग्रहरण गर्दै जेष्ठनागकि ।

चारपाने, पुष ७ । मानवताको सेवा, मित्रता र भाईचारा जस्तो पवित्रकार्य सवकोहीले गर्न सक्दैनन, धनपम्पती, बौधिकताबाट प्राप्त मान प्रतिष्ठा केवल सिमित परिवार र वर्गका विचमा मात्र रहने गर्छ, तर धेरथोर जेजती भएपनि समाजमा प्रत्यक्ष सहभागि भएर गरेकाकामले बढीअर्थ राख्ने गर्दछ, अझ जेष्ठनागरिक, विपन्न बर्वको हितका लागि गरिएका कामलाई समाजले महान ठान्दो रहेछ ।
प्रसंग हो झापा बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित गरामनीमा आईतबार जेष्ठ नागरिक र एकल महिलाको सम्मान, सभ्यताको पहिचान भन्ने मुल मर्मराखेर आयोजना गरिएको सम्मान कार्यक्रमको ।

बिर्तामोड नगरपालिका वडा नं. ८ को आयोजना र बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रयोजनमा ३ सय ८२ जना जेष्ठनागरिक सहित एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ । राजनिती दल, जाती र वर्गभन्दा माथी रहेर समान रुपमा जेष्ठनागरिक र एकल महिलालाई एकै ठाउँमा जम्मा गरि गरिएको सम्मानको दृष्य हेर्दा जोकेहीको मन र मुहारमा खुसी प्रकट हुन्थ्यो ।

पहिलो पटक यो किसिमको सम्मान कार्यक्रम आयोजना गरेको वडा समिति र सरोकारवालाबाट प्रमुख अतिथि समेत रहेका भट्टराईको बढो प्रसंसा भएको थियो, त्यसैगरी जेष्ठनागरिकको खुशील सिमा नाघे पछि प्रायोजक कुमार भट्टराईको तारिफ नै तारिफ गरिएकोे थियो ।
आफैले गरेको कामबाट प्राप्त प्रशंसा र धन्यवादले भट्टराईको मुहार पनि जतिखेर पनि उज्यालिएको थियो, सोही बखत भट्टराईले त्यस क्षेत्रमा अरुपनि सामाजिक काम गर्ने घोषणा गरेका छन, जेष्ठ नागरिमा आईपर्ने क्यान्सर, मृगौला लगायतका जटिल रोगको उपचारको लागि मल्लहम पट्टी लगाउने काम गर्ने बताएका थिए ।

चार लाख भन्दा धेरै मुल्य बराबरको न्यानो कपडा स्वीटर लगायतका सामाग्री वडा नंं ८ को १२ वटा टोलका जेष्ठ, एकल महिलालाई वितरण गरिएको भट्टराईले बताएका छन ।
वडा नं. ८ का कार्यवहाक अध्यक्ष दिपक भट्टराईको अध्यक्षमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि भट्टराईले न्यानो कपडा वितरण गरेर उदघाटन गरेका थिए ।
कार्यक्रममा पर्शुराम भट्टराई, हरिप्रसाद गौतम, चुडाकुमारी चालिसे लगायतले आयोजक र प्रायोजकले समाजका लागि गरेको काम उच्च प्रसंसनिय रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर