Aamsanchar

विद्यार्थी संख्या बढी देखाएर सुविधा लिन्छन् प्रधानाध्यापक

Author Image
सोमवार, पौष ७, २०७६

 


जनता आधारभूत विद्यालय, नगरहा गापा ३ बत्राही खोरियाका प्रधानाध्यापक विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा १ सय ७६ विद्यार्थीको नामाङ्कन पनि बढीमा २० जना विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावक बताउँछन् । नियमित पढाई नहुने, विद्यालयका प्राधानाध्यापक नियमित नआउने भएकाले विद्यार्थीको उपस्थिति संख्या कम भएको हो ।

प्रधानाध्यापक नियमित उपस्थित नहुँदा पढाई पनि राम्रो नहुने भएपछि अभिभावकले पनि विद्यार्थीलाई नियमित विद्यालय पठाउन रुचि नदेखाउने स्थानीय जागेश्वरी यादवले बताए । उनले भने, ‘पहिलो कुरा त प्राधानाध्याक सातामा २÷३ दिनमात्र उपस्थित हुन्छन्, उपस्थित भएको दिन पनि १२ बजेभन्दा पहिला आउँदैनन्, यस्तो पाराले विद्यार्थीको पढाई हुन्छ रु पढाइ नै नहुने भएपछि किन विद्यार्थी पठाउने रु’

विद्यालयमा सञ्चारकर्मीहरु पुग्दा प्रअ रामकुमारी यादव भेटिइनन् । तर,उनको रजिष्टरमा शैक्षिकसत्र सुरु भएदेखि अहिलेसम्म विरलै अनुपस्थित भएको देखिन्छ । उनी आफू पनि सधैं विद्यालय आउने दावी गर्छन् । विद्यालयको रजिष्टरअनुसार कक्षा १ मा ४१, कक्षा २ मा ५८, कक्षा ३ मा ३५ र कक्षा ४ मा ४२ जनाको नामाङ्कन गरिएको छ । हामी विद्यालयमा पुग्दा कक्षा एक र २ मा चार जना र कक्षा ३ र ४ मा गरी १० जना गरी १५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । त्यहाँ रहेका शिक्षक घाम तापेर बसिरहेका थिए भने विद्यार्थीहरु क्यारेम्वोर्ड र पीङ खेलिरहेका थिए ।

हाम्रा नानीहरु नियमित विद्यालय गएपनि पढाईमा खासै प्रगति नगरेको सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत नन्ददीकी आमा ललिता यादवले बताइन् । उनले भनिन्, ‘घरको मुख्यमान्छे नै उपस्थित नभएपछि कसरी चल्छ रु यो विद्यालयमा त्यस्तै भएको छ । हेडमाष्टर नै आँदैनन् । उनीनै नआएपछि विद्यालयको अवस्था कसरी सुधार हुन्छ ।’

अर्का अभिभावक रामदुलारी यादवले विद्यालयबाट विद्यार्थी कहाँ गए रु कतिखेर गए भन्ने समेत वास्ता नहुने बताए । विद्यालय गएका नानीहरु कोही १२ बजे नै घर आईपुग्छ । कोही १ बजे नै आउँछन् । यसरी विद्यालय चलाएर विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको अभिभावक रामदुरी यादवले आरोप लगाइन् ।

विद्यालयका शिक्षकले भने विद्यालयमा पिउने पानीको समेत सुविधा नभएकाले पानी पिउँने निहुँमा घर गएका विद्यार्थी फेरि फर्केर नआउने स्वीकारे । उनीहरुले भने, ‘विद्यालयमा पिउने पानीको समेत सुविधा छैन, विद्यालयभन्दा करिव ३ सय मिटर पर गाउँछन्, पानी पिउन गएका धेरै नानीहरु फर्केर आउँदैनन्, उनीहरुलाई सधै लिन जान पनि सकिदैन ।’

विद्यालयका प्रधानाध्यमपक रामकुमारी यादवले भने धेरै मुसहर÷दुसाद ९दलित० बालबालिका अध्ययन गर्ने भएकाले सवै विद्यार्थी नियमित नआउने स्वीकार गरिन् । ‘प्राय साना जातिका छोराछोरीहरु पढ्छन्, कतिपयले निजी विद्यालयमा पढ्ने र यता पनि नाम दर्ता गराएकोले रजिष्टरमा बढी देखिएको हो’ प्र।अ। यादवले भनिन् ।

प्रअ यादव यही क्षेत्रका सासंद तथा पूर्वसूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवका बहिनी हुन् । सासंद यादवको घर पनि यहि वडामा पर्दछ । उनले गाउँमा पटक–पटक गएर विद्यार्थी नियमित पठाइदिन अनुरोध गर्दा पनि अभिभावकले नियमित पठाउने नगरेको आरोप लगाइन् । उनले भनिन्, ‘मैले सकेको जति कोशिस गरिरहेकी छु, तर पनि विद्यार्थी राम्रो उपस्थित हुन सकेको छैन ।’

नियमित विद्यालय आउने सवालमा भने उनले आफू नियमित विद्यालय आएको जिकिर गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव यादवले कम विद्यार्थी उपस्थित हुने गरेको स्वीकार गरे । ‘मैले पनि कतिपटक प्रअलाई समयमै उपस्थित हुन र विद्यालयको पढाई सुधार गर्न भनेपनि त्यस्तो हुन सकेको छैन’ उनले भने । उनले थपे, ‘म पनि आफै काम गरिखाने मान्छे, सँधै विद्यालयमा टाइम दिन सकिँदैन, प्रअले पनि समय नदिँदा समस्या भएको हो ।’

अध्यक्ष यादव यस विद्यालयका अभिभावक भने होइनन् । उनका छोराछोरी मिर्चैयाको एक निजी विद्यालयमा पढ्छन् । उनले आफूलाई अध्यक्ष नबनाउ भन्दा भन्दै प्रअले जबरजस्ती बनाएको समेत सुनाए । नरहा गाउँपालिका शिक्षा शाखाका देवशंकर यादवले आफूले पनि यस्तो अवस्था देखेको बताए ।

उनले भने, ‘म भर्खरै आएको हुँ, पहिले के अवस्था थियो, मलाई थाहा छैन, म एकदुई पटक पुग्दा न्यून विद्यार्थी उपस्थित हुने गरेको देखेको छु, मैले उपस्थिति अनुसार नै सेवा सुविधा दिने योजना बनाई रहेको छु ।’ विद्यालयमा प्रधानाध्यमपकसहित ३ जना राहत शिक्षक र एक कार्यालय सहयोगी छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर