श्री छठ महिला मञ्च बिर्तामोड द्वारा आयोजित ५ दिने उदघोषण तालिमको आज एक कार्यक्रम का बिच समापन गरिएको छ।
बिर्तामोड नगरपालिकाका उप प्रमुख पबित्रा महतारा प्रसाइ को प्रमुख आतिथ्य तथा श्री छठ सेवा समाजका अध्यक्ष घनश्याम चौधरी को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागिहरुले तालिम पश्चात आफुमा आत्मबिश्वास र आत्मबल बढेको अनुभव सुनायेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य द्रौपदी गणेश ,वडा नम्बर ५ कि कार्यपालिका सदस्य भावना आचार्य, छठ सेवा समितिका उपाध्यक्ष सङ्गिता रौनियार,चेम्बर अफ कमर्श बिर्तामोड अध्यक्ष सङ्गिता चिमरिया,महिला उधमी संघ नेपाल झापा अध्यक्ष गोमा भट्टराई ,उधमी समुह उपाध्यक्ष सुशिला पाठक, लगायतले छठ महिलामञ्च स्थापनाको पाँच महिनाको अवधिमै यति राम्रो कार्यक्रम गर्न सफल भयेकोमा प्रशंसा गरेका थिए।
पुष ३ गते देखी संचालित तालिममा छठ महिला मञ्चका २५ जनाको सहभागीता रकेको थियो भने सञ्चारकर्मी स्वस्तिका आचार्यले सहजीकरण गरेकी थिईन । कार्यक्रममा निशा गुप्ताले स्वागत गरेकी थिईन भने संगीता साहले सहभागिको तर्फबाट अनुभव सुनाउनु सुनाएकी थिईन । यस्तै महासचिब निशा सोनि कर्णले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन रेनुका महतोले गरेकी थिईन ।