Aamsanchar

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

Author Image
मङ्गलवार, पौष ८, २०७६


झापा मेचीनगर नगरपालिका–७ बस्ने २४ बर्षीय खडग बहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ परेका छन ।

हिजो बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका–६ स्थित सिमानाँका एरियाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसै गरी धरानको तिनकुनेबाट धरान –८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित पक्राउ परेका छन ।

अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकीङमा खटिएको प्रहरीले ईटहरीबाट धरान तर्फ ट्याम्पुमा सवार गरी आईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक,डाईजेलाप र फेरागन जस्ता लागुऔषध फेला पारी बरामद गरेको हो । पक्राउ परेका तिनै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको सोही कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर