बिर्तामोड । चिसोले कठ्याङ्ग्रिएर झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय गुना भनिने बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए ।
सोमबार राति घरमा एक्लै सुतेका राजवंशी बिहान नउठेपछि गाउँलेले गएर हेर्दा मृत फेला परेका थिए । राति खाटमा सिरक नओढी सुतेका उनको चिसोका कारण मृत्यु भएको हुनसक्ने वडाध्यक्ष राजवंशीले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 157