Aamsanchar

मेरि क्रिसमस (प्रभू येशुको जन्मदीन)

Author Image
बुधवार, पौष ९, २०७६

इतिहास साक्षी छ, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सदभावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदीन हो ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसंगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

इस्वि सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडी गरि दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समूदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
अङ्ग्रेजी पढ्दा हामी नेपालीहरु सबैले ए फर एप्पल बी फर बल गरि पढेका हौं, यसै क्रममा X for X-Mass Tree पनि पढेका छौं । चित्रमा सिँङ्गरिएको सानो धुपीकोजस्तो देखिने च्याट्ट मिलेको यो रुख अर्थात क्रिसमस-ट्री आजका दिनमा प्राय देखिन्छन् । संयूक्त राज्य अमेरिकामा मात्रै ३ देखि चार करोड यस्ता क्रिसमस रुखहरुको खरिद बिक्रि गरिन्छ । आज खरिद गरिन्छ । स्मरण रहोस् यस्ता रुखहरु तयार हुनलाई कम्तिमा पनि १५ वर्ष लाग्दछ । चाडवाडमा परम्परागत रुपमा जनावरहरु मारेर खाने चलन मानव समूदायमा सर्वत्र छ, आज धेरै जनावर र चराहरू, कुखुराहरु खानकालागि काटिन्छन् । हिउँदको मध्य विन्दुमा जनावरहरुलाई चर्न पठाउन गाह्रो हुने र गोठालाहरुले काटेर घाँस या पराल ल्याउन पनि गाह्रो हुने भएकाले यसरी जनावरहरु काटेर संख्या घटाइने तथ्य पनि विभिन्न पुस्तकमा उल्लेखित पाइन्छ । 

क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्दछन् । नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको ‘Snow Man’ विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि छ ।

चाडपर्व एउटा उत्साह हो जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, साैहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बिहरू छन् । वहाँहरु लगायत सबैकोलागि यो महान क्रिसमस रमाइलोहोस् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर