नेपालीहरुले लुतो, दादमात्रै छाला रोग मान्ने गर्छन् । शरीरमा दाद, खटिरा आयो भने बर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप नलागेपछि अस्पताल जाने चलन छ । छालामा हुने विभिन्न प्रकृतिका घाउ, बिमिरा, दाद, नङ झर्ने, यौन रोगलाई सामान्य मानेर ख्याल नगरी बस्दा छालाको क्यान्सर, कुष्ट रोग तथा गम्भीर प्रकृतिको यौन रोग लाग्न सक्छ ।
प्रस्तुत छ, छाला रोगसँग केन्द्रित रहेर वरिष्ठ छाला रोग विशषेज्ञ डा. अनिल कुमार झासँग गरिएको कुराकानी ।
हामीले कस्ता—कस्ता समस्यालाई छालाको समस्या मान्ने रु नेपालमा छाला सम्बन्धी कस्ता समस्या बढी भेटिन्छन् ?
छाला भनेको शरीरको बाहिरी आवरण हो । बाहिरी आवरणमा देखिने प्रत्येक समस्या छालाकै रोग हो । उदाहरणका लागि छालामा कुनै एउटा ह्रास आयो भने त्यसले भित्रको कुनै अङ्गमा खराबी छ भन्ने जानकारी गराउँछ ।
सामान्य छालामा धेरै चिल्लो हुँदैन । धेरै सुख्खा पनि नहुने, छालामा बिमिरा, खटिरा नदेखिनु सामान्य छाला मान्न सकिन्छ । तर छालामा बिमिरा, खटिरा आयो, छाला रातो भयो, सुख्खा भयो, फुस्रो देखियो, धेरै पसिना आयो भने छालामा समस्या रहेको मान्न सकिन्छ । तपाईको हात खुट्टाबाट धेरै पसिना आउँछ भने त्यो छालासम्बन्धी रोग पनि हुन सक्छ । नेपालमा धेरै खालका छालाका रोगी छन् । नेपालको भौगोलिक अवस्थाअनुसार छालामा रोग लाग्ने गरेको पाइन्छ ।
भौगोलिक अवस्था र छाला रोगमा कस्तो सम्बन्ध हुन्छ ?
नेपालको भौगोलिकता (हिमाल, पहाड र तराई) अनुसार छालामा पनि फरक—फरक किसिमका समस्याहरु देखिन्छन् । ब्याक्टेरिया, ढुसी (फङ्गस) र किटाणुद्वारा छालामा रोग लाग्छन् । कुनै छाला रोगमा किटाणु हुँदैन । साथै, एक्जिमा, श्वारासिस, भाइरल फिभरजस्ता विभिन्न प्रकारका किटाणुले रोग लाग्ने गर्छ ।
एक्जिमा (उकुत), एलर्जी, डन्डीफोर जस्ता सामान्य रोग पनि छन्, जो धेरैजसोलाई हुने गर्दछ । छाला सम्बन्धी दुई हजार रोग छन् । दुई हजार फरक—फरक खालका रोग इन्फेक्सन र इन्फेस्टेसनबाट लाग्ने गर्छ । इन्फेस्टेसन भन्नाले कुनै किटाणुमाथि निर्भर हुन्छ । लुतो, लिखा, जुम्रा पर्ने पनि छालाको रोग हो । मान्छे सुन्दा हाँस्छन् । कपालमा, जिउमा धेरै जुम्रा हुँदा यसको वास्ता गरिएन भने शरीरभरी यसले बिमिरा आउने, शरीर चिलाउने सुत्न नपाउने, ज्वरो आउने समस्या हुन्छ ।
इन्फेक्सनबाट ब्याक्टेरिया, ढुसी र भाइरसजन्य रोग हुन्छ, जसलाई हामी दाद भन्छौँ । यो फङ्ग्स तथा किटाणुले हुने गर्छ । लुतो पनि सर्ने रोग हो । एक्जिमा, डण्डीफोर र एलर्जी सर्दैन । वंशाणुगत रुपमा लाग्ने छाला सम्बन्धी छुट्टै रोग पनि हुन्छ । धेरै पसिना आउने, छाला सुख्खा हुने, छाला सुख्खा भएर माछाको कत्ला जस्तो हुने जस्ता वंशाणुगत रोग हुन्छन् ।
धेरैलाई लाग्ने छाला रोग भनेको एक्जिमा, श्वारासीस, ब्याक्टेरियाले हुने संक्रमण, भाइरसको संक्रमण, फङ्ग्सले हुने संक्रमण हो । सर्ने खालको संक्रमण, डण्डीफोर, श्वारासिस, फोका खालका रोग पनि धेरै आउँछन् ।
औषधीको असरले छालामा रोग लाग्छ । छालामा मात्रै लाग्ने विभिन्न रोगलाई छाला रोग भनेर धेरैले बुझ्छन् । कपाल र नङमा लाग्ने रोग पनि छाला रोग हो । जस्तै कपालमा लाग्ने रोग, नङ झर्नु, टुक्रिनु, नङमा विभिन्न किसिमको इन्फेक्सन हुनु, ढुसी पलाउनु, ती सबै छालाको रोग हुन् ।
छाला सम्बन्धी रोगको उपचारका लागि नागरिक कुन अवस्थामा अस्पताल आईपुग्छन् रु अन्य रोग जसरी छाला रोगलाई प्राथमिकता दिन आवश्यक छ कि छैन रु नागरिकले कत्तिको चासो दिएको पाउनु हुन्छ ?
सबैभन्दा पहिला छालाको रोग लाग्दा मानिसहरुले गम्भीर रुपमा लिने चलन छैन । सौन्दर्यताको समस्यालाई लिएर गम्भीर रुपमा लिन्छन् । छालाको रोग नभए पनि अनुहारमा एउटा कोठी आयो भने चिन्ता लिन्छन् । रोग लाग्यो भने छालाको पनि रोग हो र रु भनेर बेवास्ता गर्छन् ।
छालासम्बन्धी समस्या आयो भने बिरामीले पहिला घरायसी औषधि जस्तै, तितेपाती लगाएर काम चलाउँछन् । घरायसी औषधीले भएन भने स्थानीय तहको हेल्थपोष्टमा देखाउँछन । त्यसले पनि भएन भने स्थानीय तहको जेनरल फिजिसियनलाई देखाउँछन् । निको भएन भने औषधि पसलमा गएर औषधि लगाउँछन् । त्यति गर्दा पनि भएन भने मात्रै अन्त्यमा छाला रोग विशेषज्ञकोमा पुग्छन् ।
सबैतिर घुमेर बिरामी छाला सम्बन्धी अस्पताल आइपुग्दा जथाभावी प्रयोग गरेको औषधिले नै धेरै रोग लागेको हुन्छ । औषधिको गलत असरको समेत हामीले उपचार गर्नु पर्छ ।
राजधानी लगायत सहरी क्षेत्रमा चर्म रोग विशेषज्ञ उपलब्ध भए पनि प्रायः बिरामीले मेडिकलबाट औषधी किनेर खाने र लगाउने गर्छन् । त्यसो गर्दा पनि निको भएन भने चर्म रोग विशेषज्ञकोमा आउने गर्छन् । अन्य रोग लाग्दा जति प्राथमिकता दिएर औषधि उपचार गरिन्छ, छाला रोग लाग्दा कम प्रामिकता दिएको पाइन्छ । शरीरमा मानौँ दाद, खटिरा, आयो भने वर्षौँसम्म उपचार गरिन्न, मेडिकलबाट औषधि ल्याउने, खाने अनि अन्तिममा कुनै सीप लागेन भनेमात्रै अस्पताल आउने चलन छ ।
पछिल्लो समय राजधानी लगायत सहरी क्षेत्रमा जलवायु परिवर्तनसँगै खानपानको कारण चर्म रोगीको संख्या बढ्यो भनिन्छ, के यो सत्य हो ?
हामीले सरसर्ती हेर्ने हो भने अहिले छालाका रोगी धेरै बढेका छन् । २०/२५ वर्ष अघिसम्म छाला रोगको विषयमा अध्ययनको खासै आवश्यक छैन जस्तो गर्थे । छालाको रोग भनेको एउटा रोगमात्रै मानिन्थ्यो । लुतो, दाद, खटिरा बाहेक छालाको रोग अरु हुँदैन भनेर त्यति मतलब राखिदैनथ्यो ।
आजको मिति सम्ममा छालामा मात्रै २ हजार थरी रोग छन् । हिमाली क्षेत्रमा चिसोले छालामा विभिन्नथरीका रोगहरु लाग्छ । पहाडमा दाद, एक्जिमा जस्ता रोग देखापर्छन् र सहरी इलाकामा डण्डीफोर, एक्जिमा बढि हुने देखिन्छ ।
सहरी क्षेत्रमा सहरीकरण बढ्दै गएको छ । यसका कारण रोगको प्रकार, अवस्था परिवर्तन हुँदै गईरहेको छ । जति हामी आधुनिक साधनहरु प्रयोग गर्दै जान्छौँ, त्यति नै छालामा एक्जिमाका रोगहरु बढ्दै गईरहेका छन् । खानपानको कारणले पनि छाला सम्बन्धी धेरै रोग लाग्दै आईरहेको छ ।
सन्तुलित आहार लिन सकेको खण्डमा छालाको रोगहरु सामान्यतया लाग्दैन । तर असन्तुलित आहार र कुपोषणले गर्दा बच्चादेखि वृद्धवृद्धासम्म छालाका रोगहरु लाग्ने गरेको छ । कुपोषणले मात्रै हुने छालाको रोग धेरै छन् । खानेकुराको असन्तुलन भन्नाले कुनै छालाको समस्यालाई निको पार्नका लागि धुम्रपान–मद्यपानबाट टाढै बस्नु पर्छ ।
कुनै छालाको रोगीले माछा, सी फुड्स खानु हुँदैन । जसरी खानाको प्रभावले शरीरमा अन्य रोग लाग्छ, त्यसैगरी छालामा पनि लाग्छ ।
सरकारको ध्यान कुष्ठरोगमा गएको छ । यसमा ठूलो लगानी पनि गरेको छ । सरकारले पहिलादेखि योजना बनाएर सन् २००९ मा कुष्ठरोग उन्मुलन भनेर घोषणा गरेको छ । कुष्ठ रोग उन्मुलन घोषणा गरे पनि वास्तविकता त्यो छैन । अहिले कुष्ठरोगी धेरै छन्, कुष्ठरोग उन्मुलन भनेको हुँदै नहुने भनेको चाहिँ होइन । कुष्ठरोग जतिमात्रामा घट्नुपर्ने हो, त्यस्तो हुन सकेको छैन ।
सरकारले अन्य रोगलाई जसरी छाला रोगलाई प्राथमिकतामा राखेको पाउनुहुन्छ ?
सरकारको ध्यान कुष्ठरोगमा गएको छ । यसमा ठूलो लगानी पनि गरेको छ । सरकारले पहिलादेखि योजना बनाएर सन् २००९ मा कुष्ठरोग उन्मुलन भनेर घोषणा गरेको छ । कुष्ठ रोग उन्मुलन घोषणा गरे पनि वास्तविकता त्यो छैन । अहिले कुष्ठरोगी धेरै छन्, कुष्ठरोग उन्मुलन भनेको हुँदै नहुने भनेको चाहिँ होइन । कुष्ठरोग जतिमात्रामा घट्नुपर्ने हो, त्यस्तो हुन सकेको छैन ।
यस्तै, छालाको क्षयरोग छुट्टै हुन्छ । छालाको क्षयरोग घाउको रुपमा हुन्छ जुन, शरीरभित्र मात्रै नभएर छालामा मात्रै हुन सक्छ । अहिलेसम्म सरकारले छालाको क्षयरोगको औषधि भनेर छुट्याएको छैन । जसरी कुष्ठरोगको औषधि भनेर छुट्याइएको छ, त्यसरी छालाको क्षयरोगको औषधि छुट्याइएको छैन ।
अन्य रोगलाई सरकारले प्राथमिकता दिएजस्तै छाला रोगलाई सरकारले प्राथमिकता दिएको पाइदैँन । छाला सम्बन्धी समस्यालाई पनि सरकारले ध्यान दिन आवश्यक छ ।
कतिपय छालाको रोग आर्थिक रुपमा कमजोर हुँदा पनि लाग्छ । आर्थिक रुपमा कमजोर परिवारका सदस्यहरुलाई लुतोको समस्या देखिन्छ । औद्योगिक, धुवाँजन्य क्षेत्रमा श्रम गर्ने श्रमिकहरुलाई छाला सम्बन्धी रोग धेरै लाग्ने गरेको पाइन्छ । शरीर सरसफाइ, हाइजीन मेन्टेन गर्नेलाई सामान्यतया छालाको रोग लाग्दैन । यदि बाँस, गाँस र कपास सजहरुपमा जनताको पहुँचमा भएमा कम मात्रमा छालाको रोग लाग्छ ।
यौन रोग पनि छाला सम्बन्धी रोग हो । यौन रोगका कार्यक्रमहरु सरकारसँग धेरै छन् । यसका जनचेनता फैलाउने सेन्टर छ । एचआईभी—एड्स, एसटिआइ जस्ता रोगमा विदेशी कार्यक्रम आउँछन् । कुष्ट रोगमा विशेष कार्यक्रम छ । विदेशी संस्था यस्ता खालका रोगप्रति आकर्षित छन् । तर देशको आन्तरिक तहमै छाला सम्बन्धी यौन तथा छाला रोगप्रति ध्यान दिएको पाइदैन ।
छालाको क्यान्सरको पनि कुरा गरौँ, नेपालमा अहिले क्यान्सर रोग बढ्दो क्रममा छ भनिन्छ । छाला सम्बन्धी क्यान्सरको अवस्था कस्तो छ रु छालामा क्यान्सर कसरी हुन्छ ?
छालाको क्यान्सर पहिला धेरै कमलाई लाग्थ्यो, अहिले बढेको छ । छालाको क्यान्सर धेरै प्रकारका हुन्छन्, जसमा तीन प्रकार चाहिँ प्रमुख देखिन्छन् । छालामा देखिने क्यान्सर ‘मेलानोमा’ हो, जुन कोठीबाट पनि हुनसक्छ । आजभोली मानिस कोठी चिलाउँदा क्यान्सर होला भनेर डराउँछन् । सेतो छालामा कोठीबाट क्यान्सर बढि हुन्छ ।
अर्को नामको स्कोमासेलकाडसिनोमा, मेलनोमा र बेसलसेलकाडसिनोमा चाहिँ छालामा बढिमात्रा घाम परेर एक प्रकारको क्यान्सर हुन सक्छ । स्कोमासेलकाडसिनोमा, बेसलसेलकाडसिनोमा र मेलानो अलि गम्भीर खालको हुन्छ । मेलानोमा घामको असरले धेरै हुन्छ । यो पहिला भन्दा बढ्दो क्रममा छ ।
बिहान १० बजेदेखि २ बजेसम्म घामको तेजिलो प्रकाश पृथ्वीमा पर्छ । त्यो समयको घामले छालामा असर पु¥याउन सक्छ । छालाको साधारण रोग पत्ता लगाउन त्यति गाह्रो हुँदैन । असाधारण छालाको रोग नै दुई हजार छन्, कतिपय रोग रगत र बायोप्सी नगरि पत्ता लगाउन सकिँदैन ।
उपचार लागतको कुरामा नेपालमा चिकित्सकको शुल्क बाहेक सबैकुरा महँगो छ । देशको तुलनामा नेपालमा चिकित्सकको शुल्क सस्तो छ । औषधि महँगो, उपचार गर्ने मेसिन बाहिरबाट ल्याउनु पर्दा महँगो पर्न जान्छ । त्यसको भार बिरामीमाथि थुपार्ने गरिन्छ । जसले गर्दा उपचार महँगो पर्न जान्छ ।
छालाको क्यान्सर सुरुवात थाहा भयो भने निको हुन पनि सक्छ । हामी शंका लाग्यो कि बायोप्सी गर्छौँ । बायोप्सीको बेलामा राम्रोसँग काटेर उपचार प्रक्रियामा गए उपचार हुन्छ । सुरुवाती समयमा रोग पत्ता लगाएपछि झिकेर फाल्न पनि मिल्छ । छालाका बिरामी अस्पताल ढिला आएर पनि बायोप्सीद्वारा प्रमाणित भयो भने क्यान्सर सेन्टरहरुमा पठाएर उपचार हुन्छ । जसमा अरु क्यान्सरजस्तै कुनैमा खाने औषधि, किमो, कुनैमा रेडियोथेरापी गरेर, कुनैमा त्यो भाग झिकेर फाल्ने गरिन्छ ।
उपचार लागतको कुरामा नेपालमा चिकित्सकको शुल्क बाहेक सबैकुरा महँगो छ । देशको तुलनामा नेपालमा चिकित्सकको शुल्क सस्तो छ । औषधि महँगो, उपचार गर्ने मेसिन बाहिरबाट ल्याउनु पर्दा महँगो पर्न जान्छ । त्यसको भार बिरामीमाथि थुपार्ने गरिन्छ । जसले गर्दा उपचार महँगो पर्न जान्छ ।
छाला सम्बन्धी समस्या नआउन अथवा न्यूनीकरणका लागि केके कुरामा ध्यान दिनुपर्छ ?
गाँस, बाँस, कपास र शिक्षा सबैले राम्रोसँग पाउने हो भने छालाको रोग आफैँ घट्छ । सार्वजनिक जनचेनताको कमीले पनि रोग लाग्छ । छाला रोगको बारेमा स्कुलको पाठ्यक्रममा समावेश गरेर जनचेनता फैलाउन आवश्यक छ । अन्य रोगको जस्तो छालाको रोगको उपचार र औषधि सजिलै स्थानीय तहमा उपलब्ध छैन । अन्य रोगको तुलनामा महँगो पनि पर्छ । छाला रोगमा प्रयोग गरिने औषधिमा सरकारी पक्षबाट विशेष सहयोग हुनुपर्छ ।
प्रायः छालाको रोग लाग्नेको संख्या हेर्ने हो भने धेरैजसो गाँस, बास, कपास र शिक्षाको कमी भएका जनताहरु छन् । कतिपयले छालाको रोगलाई सामान्य रुपमा लिने र यसको उपचारमा लाग्ने रकमलाई छाक टार्ने सन्दर्भमा जोडेर हेर्ने भएकाले पनि रोगले भयावह रुप लिएको पाइन्छ । जस्तै, छालामा आएको बिमिरा हटाउनका लागि करिब ५ सय रुपैँयाको औषधि चाहिएला तर ५ सयको औषधि किन्नुभन्दा परिवारलाई भोजन मिल्न सक्छ । त्यसैले शरीरमा आएको बिमिराभन्दा उनीहरुलाई खानाको महत्व बढी हुन्छ । तर आर्थिक अभावको कारणले समयमा उपचार नहुँदा तपाईको शरीरमा फैलिदैँ गएर बिमिराले ठूलो रुप पनि लिन सक्छ । छालाको समस्या भए पनि आर्थिक अभावका कारणले विपन्न नागरिकले समयमा उपचार पाएका छैनन् ।
विकट क्षेत्रमा चिकित्सक पुग्न सकेका छैनन् भने चिकित्सकसमक्ष आउन सबैलाई सहज छैन । हुम्लाको बिरामीले भाडा मात्रै २५ हजार तिरेर आउँछन् । जोसँग चिकित्सकलाई ५ सय रुपैयाँ तिर्न गाह्रो छ, त्यस्ता बिरामी औषधि उपचार गरेर फर्किन्छन् तर फेरि आउन सक्ने अवस्था कमै हुन्छ । पहिलो पटक त ऋणधन गरेर उपचारका लागि आएको हुन्छ भने त्यस्तो आर्थिक अवस्था भएका छाला सम्बन्धी रोगीले कसरी उपचारलाई निरन्तरता देलान् रु हामीले कमै बिरामी ‘फलोअप’का लागि आएको पाएका छौँ ।
त्यसैले छाला सम्बन्धी समस्यालाई पनि सरकारले ध्यान दिन जरुरी छ । नेपालमा ९० किलोमिटर बाटोमा आवतजावत गर्न ५ घण्टा लाग्छ । त्यस्तो ठाउँमा टेलीमिडिसिनको प्रयोग तथा सञ्चालन गर्न सक्यौँ भने छाला रोगको विषयमा ठूलो वरदान हुने छ ।