Aamsanchar

ज्योती प्रकासको निष्ठुरीले, नेपाली गीत संगितलाई दियो न्याय

Author Image
बिहिवार, पौष १०, २०७६

काठमाडौं । परिर्वतित समय र हरेक मानिसमा फेरिदै गएको सुजबुझ  अझ युवा पिडिकालागि भन्दै होहल्ला र अस्लील सब्द प्रयोग गरिएका गीतसंगितले क्षणित रमाईलो बनाउन सक्ला तर विस्तारै त्यस्ता गीत श्रोताको रोजाईबाट हराएर जान्छ । कति गीतहरु यस्ता छन ५० औं बर्ष वितिसक्दा पनि उत्तिकै राम्रो आनन्ददायी महसुस गराउने, त्यस्तै एउटा गीत ‘निष्ठुरी’ सामाजिक संजालमा बुधबार रिलिज गरिएको छ ।

ज्योति प्रकाशको संगीत सिर्जनामा रहेको गीत ‘निष्ठुरी’ को भिडियो ओएसआर डिजिटलले नेपालको यूट्यूबबाट सार्वजनिक गरेको हो । 

ज्योति प्रकाश आफैंमा राम्रा गायक हुन् । उनी त्रिभुवन विश्वविद्यालय कला विभागका प्राध्यापकसमेत हुन् । २०५३ सालदेखि नै गीतसंगीतको क्षेत्रमा होमिएका ज्योति प्रकाश ‘ब्राइटर तिम्रो गीत मेरो सूर’ जस्तो रियालिटी शो मार्फत आफूलाई गायनमा उतारेका थिए ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर