Aamsanchar

अब तेलको ट्याङ्कर सडकमा पार्किङ्ग गरे कारवाहीमा

Author Image
शुक्रवार, पौष ११, २०७६


विराटनगर महानगरपालिका – ४ स्थित आयल निगमको १ नं। प्रदेश कार्यालय अगाडी विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत गरिने पार्किङ्ग अब सधैको लागि हटेको छ । आयल निगमले १८ कठ्ठा जमिन लिजमा लिएर ट्याङक्रको लागि पार्किङ्ग बनाएपछि अब सडकमा गरिने पार्किङ्गको समस्या अन्त्य भएको हो ।

दैनिक सयौंको संख्यामा आयम निगम अगाडी सडकमै पार्किङ्ग गरि ट्याङक्र राखिदा सवारीको आगमनमा समस्या भइ जाम हुने गरेको थियो । नेपाल आयल निगम विराटनगरमा कार्यालय प्रमुख भएर असोक शाह आएका छन् । उनी आएसँगै ट्याङक्टरको पार्किङ्गको लागि १८ कठ्ठा जमिन लिजमा लिएका हुन् ।

आयल निगम देखि करिब १ सय ५० मिटर दक्षिण पुर्वको साइडमा अब ट्याङक्रको पार्किङ्ग रहेको छ । ट्याङक्रहरू अब सडक क्षेत्रमा पार्किङ्ग गरि राखिर ट्राफिक प्रहरीले कारवाहीको दायरमा ल्याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदारले जानकारी दिए । ‘ट्याङक्रको पार्किङ्गको लागि छुट्टै रहेको छ ।

आयल निगम अगाडी सकडमा ट्याङक्र पार्किङ्ग गरि राखिएको पाइए ट्राफिक प्रहरीले कारवाहि गर्नेछ ।’ आयल निगमले ट्याङक्रको लागि छुट्टै पार्किङ्ग स्थल बनाएपछि आयल निगम क्षेत्रमा जाम हुने समस्याको पनि अब अन्त्य हुने उनले बताए । निगमले लिएको पार्किङको जग्गामा ट्याक्रहरु बिहीबारदेखि पार्किङ्ग सुरु भएको हो ।

मोरङ ट्राफिकले यस अघि विराटनगर महानगरपालिका क्षेत्रमा जथाभाबी पार्किङ्ग गरिदै आएको सवारी साधनलाई कारबाही गर्दै आएको छ । नो पार्किङ्ग स्थलमा राखिएको सवारीलाई प्रहरीले कारवाही गर्दै आएको हो । मंसिर महिना मात्र नो पार्किङ्गमा राखिएको दुई भन्दा बढी सवारी साधानलाई कारवाहीको दायरमा ल्याइसकेको मोरङ ट्राफिकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर