Aamsanchar

न्यानो लुगा र कापी पाउँदा बिर्तामोडको दुई बिद्ययालयका बिद्यार्थी दंग

Author Image
शुक्रवार, पौष ११, २०७६

जाडो मौसम शुरु भए सँगै झापा बिर्तामोडबाट न्यानो कपडा बितरण सुरु गरिएको छ । सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण गरिएको  कार्यक्रमका सदस्य केशब ढुंगानाले बताए ।

सोमबार बाट बितरण शुरु गरिएको र शुक्रबार बिर्तामोड २ मा रहेको पञ्चरत्न र वीर अम्मरसिंह बिद्यालयमा २५२ जना बिद्यार्थी लाई स्वीटर टोपी र कपि बितरण गरिएको छ।

१ हजार विद्यार्थीलाई न्यानो कपडा बितरण गर्ने लक्ष्य राखिएको समितिका कोषाध्यक्ष तथा वडा नम्बर २ का सदस्य किशोर पौडेलले जानकारी दिए । स्थानिय तथा व्यावसायिहरुको आर्थिक सहयोग जुट्न थाले पछि बिर्तामोड नगरपालिकाले १ लाख नगद उपलब्ध गराए पछि सोमबारबाट बितरण कार्य थालिएको हो ।न्यानो कपडा बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा अन्तरास्ट्रिय संबन्ध समिती सभापति पबित्रा निरौला खरेलले आफ्नो क्षेत्रमा बिशेष योजना बनाउने र आवश्यक कुरा माग गर्न समेत आग्रह गरिन ।सोही कार्यक्रमका सांसद खरेलले नगद ५ हजार सहयोग संयोजक सरोज पौडेल लाई हस्तान्तरण गरिन।

पन्चरत्नमा ११५ जना र वीर अम्मरसिंहमा १सय ३२ जना बिद्यार्थीलाई स्वीटर ,टोपी र कपि बितरण गर्दै बिर्तामोड नगरपालिका प्रमुख ध्रुब कुमार शिवाकोटीले प्रमुख शिवाकोटीले बालबालिकाका लागि गरिएको कार्यको प्रशंसा गरे ।कोषध्यक्ष किशोर पौडेलले प्रकाश पारेको कार्यक्रममा अलैंची व्यवसायी महासंघका महासचिव सुभास भट्टराईले आफ्नो तर्फबाट न्यानो कपडा पाउने विद्यार्थी लाई कपि उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे।

यस्तै सहयोगी पार्वता गिरिले युवाहरूको उदाहदणी कार्यको प्रशंसा गर्दै सहयात्रा गर्दै काम गर्ने बताइन् । समितिका संयोजक सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष नगेन्द्र संग्रौला लगाएतको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइले युवाहरुको योजना र कार्य सराहनिय भएको र यसलाई निरन्तर अगाडि बड्न आग्रह गरे।
कार्यक्रमको सञ्चालन सचीव अविरल कृष्ण खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर