Aamsanchar

दयाँ,मायाँ गुमाएर श्रीमानको २० बर्षको कमाइ कुम्ल्याएर गंगामायाले ठोकिन सुइँकुच्चा

Author Image
शनिवार, पौष १२, २०७६

इटहरी । मनिसलाई सर्वश्रेष्ठ बुद्धीमानी प्राणी भनेर व्याख्या गरिएको छ तर धेरै गल्ती मानिसले नै गरिरहेको मनभरि सपना बुनेर आफ्ना जहान परिवारलाई सुखी राख्नका लागि २० वर्षपहिले विदेशिएका लक्ष्मीकुमार गुरुङको सपना चकनाचुर भएको छ । मोरङ सुन्दरहरैंचा –१० विराटचौकका लक्ष्मीकुमार आफूले कमाएको करोडौं रुपैयाँ लिएर श्रीमती गङ्गामाया गुरुङ भागेपछि अहिले विरक्तिएका हुन् ।

रोजगारीको सिलसिलामा २० वर्षपहिले साउदी अरब पुगेका लक्ष्मीले विदेशी भूमिमा आफ्ना जहान परिवारका लागि दिनरात नभनी पसिना चुहाएर दुःख गरी काम गर्दै आएका थिए । श्रीमती र छोराहरूलाई सुखमा नै राख्दै आएका लक्ष्मी अहिले विरक्तिएका छन् । विदेशमा दुःखले कमाएको रकम अहिले श्रीमतीले लिएर गएपछि उनी प्रशासनमा हारगुहार गरिरहेका छन् ।

विदेशबाट अहिलेसम्म ७ करोड जति कमाएको बताउँदै आफूले कमाएको सारा सम्पत्ति कुम्ल्याएर श्रीमती अहिले बेपत्ता भएको उनले बताए । आफूले विदेशबाट पठाएको रकम र सुन लिएर श्रीमती गङ्गा हिँडेको भन्दै अहिले इलाका प्रहरी कार्यालय बेलबारीमा उनले उजुरी दिएका छन् । बिर्तामोडमा ८ वर्षअगाडि १५ लाखमा किनेको जग्गा अहिले अर्को श्रीमान् खडा गरेर बिक्री गरेर हिँडेपछि लक्ष्मीको अहिले कन्तबिजोक भएको छ ।

श्रीमती गङ्गा २ छोरालाई समेत सँगै लिएर मङ्सिर ७ गतेदेखि फरार भएको उनको भनाइ छ । ‘शुरुमा घरको विषय घरमै मिलाउँ भन्ने भयो । श्रीमतीले मलाई जबरजस्ती विदेश जानू भनेकी थिइन् । मैले ५२ वर्षको उमेरमा विदेश जान्नँ भन्दा श्रीमती टाढिइन्, अहिले आफूले दुःख गरेर कमाएको पैसासमेत लिएर गइन्, मेरो अहिले विजोक भएको छ’–लक्ष्मीले भने ।

यता इलाका प्रहरी कार्यालय बेलबारी महिला सेलकी मोना विष्टले लक्ष्मीले श्रीमती हराएको भन्दै खोजी गरी पाउँ भनी उजुरी परेको बताइन् । हुलियासहितको उजुरी इलाका प्रहरी कार्यालय बेलबारीमा परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उजुरी परेको आधारमा उनीहरूलाई खोजी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर