विराटनगर । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची–कोशी इञ्चार्ज उमा भूजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भूजेललाई प्रहरीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीबाट पक्राउ गरेको हो । यस्तै प्रहरीले शुक्रबार विप्लव समूहका मेची–कोशी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल, मोरङ इञ्चार्ज नरेश भनिने कृष्ण चौंलागाईं र मोरङका सञ्चार विभाग प्रमुख क्षितिज पौडेललाई मोरङको कसेनीबाट मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
विप्लव समूहका चारजना नेताले शुक्रबारमात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दीपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले आत्मसमर्पण गरेका हुन् ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै पछिल्लो समय धमाधम पक्राउ गर्र्दै आएको छ । प्रहरीले विप्लव समूहलाई पक्राउ गर्न मोरङ प्रहरीले सर्च अभियान नै शुरु गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 218