Aamsanchar

बलात्कारको अभियोग लागेका कृष्णदासको आज “थुनछेक”

Author Image
आइतवार, पौष १३, २०७६


अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ । पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीडलाई मध्यनजर गर्दै अदालत परिषर बाहिरको करिब २० मिटर वरिपरीको क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सो क्षेत्रमा नाराबाजी र प्रर्दशनलाई बन्देज गरिएको छ ।

प्रहरीको निषेधाज्ञा पश्चात सो बाहिरको क्षेत्रमा समर्थन र विरोधमा नाराबाजी थालिएको छ ।
यसैबिच प्रहरीले कृष्णबहादुर गिरीलाई अदालत उपस्थित गराएको छ । प्रहरीले उनलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराएको छ । अदालतले थुनछेकको प्रकृया सुरु भएको जनाएको छ ।

सुनसरी जिल्ला अदालत इनरुवामा बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ ।

सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतनामा दर्ता हुन सक्ने भएकाले कतिजनाले बहस गर्नेछन् भन्ने यकिन भने अहिलेनै गर्न नसकिने अदालतको भनाई छ ।

पीडित महिलाको तर्फबाट सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौला सहित ६ जनाले बहस गर्ने छन् । वादी तर्फका न्यायधिवक्ताहरुमा अनिल रेग्मी, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदी रहेका छन् ।

त्यसैगरी प्रतिवादी तर्फबाट डा। दिनेशराज सत्याल सहित सरोज गिरी, मोहन कोइराला, रमेश पराजुली र रुपेश कोइरालाले गिरीको बचाउमा वकालत गर्दै छन् ।
थुनछेक बहस बेलैमा सकिए अदालतले फैसला आजै साँझसम्म गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुको भनाई छ । बहस लम्बिएको खण्डमा भने अदालती प्रकृया अर्को दिनलाई सर्न सक्ने सम्भावना समेत रहने अनुमान लगाइएको छ ।

भोलि सोमबार अदालत छेउमै हटिया लाग्ने र भीडभाड बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आज कार्यालय समय भित्रै बहस सकिए साँझ अबेर सम्ममा फैसला आउन सक्ने समेत अडकलबाजी भैरहेका छन् ।
कृष्णदासका अनुयायीहरुले बाबा धरौटीमा रिहा हुने प्रवल सम्भावनालाई दर्शाइरहेका छन् । मिसिल कमजोर रहेको र अभियोग प्रमाणित हुने ठोस प्रमाण नभएको भन्दै उनीहरुले बिजयोत्सवको तयारी थालिएको जनाएका छन् ।

पीडीत महिला पक्षले भने अदालतले बलात्कारी बाबाको चरित्र पर्दाफास गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार अदालत भित्र गिरीको बयान लिइदै गर्दा परिषर बाहिर समर्थन र विरोधमा भएका नाराबाजी र समूहगत हुललाई मध्यनजर गर्दै आज भने प्रहरीले कडाई गर्ने संकेत गरेको छ ।

सरकारी वलिक मार्फत अदालतमा पेश भएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मूलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दावी गरिएको छ ।

अदालतले थुनछेक पछि कृष्ण बहादुर गिरीको हकमा सादा तारिक, धरौटी वा पूर्पक्ष्य मध्ये कुनै एक आदेश दिन सक्छ । अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्ने छ ।
गिरीले शुक्रबार अदालत समक्ष आफुमाथि लगाइएको अभियोग उपर इन्कारी बयान दिएका छन् ।

बलात्कारको अभियोग लागेका कृष्णदासको आज “थुनछेक”
अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरीको थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिषर बाहिर निषेधाज्ञा जारी गरिएको छ ।
पक्ष र विपक्षमा सर्मथकहरुको नारा जुलुस र भीडलाई मध्यनजर गर्दै अदालत परिषर बाहिरको करिब २० मिटर वरिपरीको क्षेत्रमा प्रवेश निषेध गरिएको छ । सो क्षेत्रमा नाराबाजी र प्रर्दशनलाई बन्देज गरिएको छ ।

प्रहरीको निषेधाज्ञा पश्चात सो बाहिरको क्षेत्रमा समर्थन र विरोधमा नाराबाजी थालिएको छ ।
यसैबिच प्रहरीले कृष्णबहादुर गिरीलाई अदालत उपस्थित गराएको छ । प्रहरीले उनलाई बिराट नर्सिङ होमबाट एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराएको छ । अदालतले थुनछेकको प्रकृया सुरु भएको जनाएको छ ।

सुनसरी जिल्ला अदालत इनरुवामा बलात्कारका आरोपित कृष्णबहादुर गिरी उपरको मुद्दामा आज थुनछेक हुँदैछ । शुक्रबार गिरीको बयान लिएको अदालतले आज उनीमाथि लागेको अभियोगमा थुनछेक बहस थाल्ने छ । प्रहरीले गिरीलाई अदालतमा उपस्थित गराएपछि थुनछेकको प्रकृया अघि बढ्ने छ ।

सुनसरी जिल्ला अदालतका अनुसार थुनछेककालागि ११ जनाको वकालतनामा परेको छ । बहसकै क्रममा समेत थप वकालतनामा दर्ता हुन सक्ने भएकाले कतिजनाले बहस गर्नेछन् भन्ने यकिन भने अहिलेनै गर्न नसकिने अदालतको भनाई छ ।

पीडित महिलाको तर्फबाट सरकारी वकिल कार्यालय सुनसरीका जिल्ला न्यायधिवक्ता गोकुलबहादुर निरौला सहित ६ जनाले बहस गर्ने छन् । वादी तर्फका न्यायधिवक्ताहरुमा अनिल रेग्मी, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदी रहेका छन् ।

त्यसैगरी प्रतिवादी तर्फबाट डा। दिनेशराज सत्याल सहित सरोज गिरी, मोहन कोइराला, रमेश पराजुली र रुपेश कोइरालाले गिरीको बचाउमा वकालत गर्दै छन् ।
थुनछेक बहस बेलैमा सकिए अदालतले फैसला आजै साँझसम्म गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायीहरुको भनाई छ । बहस लम्बिएको खण्डमा भने अदालती प्रकृया अर्को दिनलाई सर्न सक्ने सम्भावना समेत रहने अनुमान लगाइएको छ ।

भोलि सोमबार अदालत छेउमै हटिया लाग्ने र भीडभाड बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आज कार्यालय समय भित्रै बहस सकिए साँझ अबेर सम्ममा फैसला आउन सक्ने समेत अडकलबाजी भैरहेका छन् ।
कृष्णदासका अनुयायीहरुले बाबा धरौटीमा रिहा हुने प्रवल सम्भावनालाई दर्शाइरहेका छन् । मिसिल कमजोर रहेको र अभियोग प्रमाणित हुने ठोस प्रमाण नभएको भन्दै उनीहरुले बिजयोत्सवको तयारी थालिएको जनाएका छन् ।

पीडीत महिला पक्षले भने अदालतले बलात्कारी बाबाको चरित्र पर्दाफास गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार अदालत भित्र गिरीको बयान लिइदै गर्दा परिषर बाहिर समर्थन र विरोधमा भएका नाराबाजी र समूहगत हुललाई मध्यनजर गर्दै आज भने प्रहरीले कडाई गर्ने संकेत गरेको छ ।

सरकारी वलिक मार्फत अदालतमा पेश भएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मूलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्ण दास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दावी गरिएको छ ।

अदालतले थुनछेक पछि कृष्ण बहादुर गिरीको हकमा सादा तारिक, धरौटी वा पूर्पक्ष्य मध्ये कुनै एक आदेश दिन सक्छ । अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्ने छ ।
गिरीले शुक्रबार अदालत समक्ष आफुमाथि लगाइएको अभियोग उपर इन्कारी बयान दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर