Aamsanchar

सामुदायिक बिद्यालयमा बिद्यार्थीको कन्तबिजोग

Author Image
सोमवार, पौष १४, २०७६


सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागी राज्यले करोडौ लगानी गरेपनि ती बिद्यालय र त्याँहा अध्यायनरत बालबालिकाहरुको अबस्था हेर्दा शिक्षा क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ ।

अझ सामुदायिक बिद्यालय र बिद्यार्थीको अबस्था झनै दयनीय रहेको छ । राज्यले निुशल्क पोशाक,पाठयपुस्तक र कतिपय बिद्यालयमा खाजाको समेत ब्यबस्था गरेपनि बिद्यालयहरुमा त्यो उपयोग भएको खासै देखिँदैन । मोरङको बेलबारी ३ मा रहेको श्री आधारभुत बिद्यालयमा पुग्ने जो कोहीले बिद्यार्थीको दयनीय अबस्था देख्न सक्छन । सो बिद्यालयमा अध्यायनरत बिद्यार्थीको अबस्था अत्यान्तै दयनिय रहेको छ । आईतबार बिहान १०।३० बजे बिद्यालयमा पुग्दा बिद्यालयमा बिद्यार्थी बाहिर दाउरा बालेर आगो तापिरहेका थिए । पुषको जाडोमा शरिरमा एकपत्र मैला बिद्यालय पोशाक बाहेक केही थिएन । खुट्टामा जुत्ता समेत थिएनन् । जाडोले कापिरहेका बालबालिकाको अबस्था ज्यादै कष्टकर थियो । मुस्किलले बोल्न सक्ने बालबालिका बोल्दा पनि दुबै ओठ कापिरहेका थिए ।

बिद्यालयमा अध्यायनरत ७० देखि ८० बालबालिका मध्ये आधा बालबालिकाले समेत बाक्लो कपडा लाएका थिएनन । बिद्यालयमा नगरपालिकाले एकथान कम्प्युटर र एकथान ल्यापटप उपलब्ध गराएको भएपनि बिद्युत नहुँदा ती सामाग्रीहरु त्यत्तिकै थन्किएका रहेछन । बिद्युत नहुँदा जाडोमा बालबालिकाले तातो पानी समेत खान् नपाउने अबस्था रहेछ । बिद्यालयका प्रधानाध्यापक लिलाप्रसाद आचार्य बिद्यालयमा बिद्युत नहुँदा गर्मीमा फयान र जाडोमा पानी तताउने भाँडो समेत राख्न नसकिएको बताउँछन । अत्याधिक जाडोका कारण बिद्यार्थीहरु घाम लाग्दा चौरमा र आगोको सहारामा पुग्न बाध्य छन ।

यो बेलबारीको एउटा उदाहरण मात्र हो । बेलबारीका बिभिन्न वडामा रहेका आधारभुत बिद्यालयहरुमा बिद्युतको लाईन समेत जोडिएको छैन । शैक्षिक क्षेत्र सुधारको नाममा बिभिन्न कार्यक्रम लागु गरिएको बताईएपनि ति बिद्यालयमहरुमा पुगेर अबस्था हेर्दा ति नाराहरुलाई बिद्यालयको दुराबस्थाले गिज्याईरहेको पाईन्छ ।

यसैबिच बेलबारीमा स्थापित युवा जागरण अभियान नेपालले बेलबारीका ११ वटै वडामा रहेका आधारभुत बिद्यालयमा पानी तताउने मेसिन वाटर हिटर बितरण आईतबारबाट शुरु गरेको छ । बेलबारी ३ मा रहेको श्री आधारभुत बिद्यालयबाट शुरु भएको बितरण अभियान बेलबारीका ११ वटै वडामा रहेका आधारभुत बिद्यालयमा पहिलो चरणमा बितरण गरिने अभियानका अध्यक्ष सुजित बस्नेतले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर