बिर्तामोड,पुष १४ । गएको मंसिर २६ गते सम्पन्न बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा विजयी बन्न सफल लोकतान्त्रिक समूहबाट विजयी प्राप्त गर्ने पदाधिकारीहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी झापा समितिले बधाई तथा सम्मान गरेको छ ।
सोमबार बिर्तामोड स्थित पार्टी कार्यालयमा एक कार्यक्रमका बिच सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । लोकतान्त्रिक समूहबाट विजयी हुने अध्यक्ष जलकुमार गुरुङ, उपाध्यक्ष पर्शुराम सिटौला, सचिव मेघराज बास्तोला, कोषाध्यक्ष सारदा रिजाल त्यसैगरी खुल्ला सदस्य देवेन्द्र सिटौला, पारसमणी मैनाली, महिला सदस्य, माया प्रधान खड्गी, सितादेवी काफ्ले, बालादेबी खरेललाई राप्रपाका केन्द्रिय सहमहामन्त्री भक्ति सिटौला, केन्द्रिय सदस्य राजकुमार पोखरेल, मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेल, जिल्ला उपाध्यक्ष कमल खरेल लगायतले माला खदा र अविर लगाएर बधाई तथा सम्मान प्रकट गरेका थिए ।
सोही अवसरमा रिर्पोटिङका लागि पुगेका संचारकर्मी विनोद पाण्डेलाई पनि बधाई सम्मान प्रकट गरिएको थियो । पाण्डे हालै नेपाल फोटोपत्रकार महासंघ झापाको अध्यक्षमा निर्वाचित भएका हुन, उनि कुनै पार्टीमा प्रत्यक्ष संलग्न नराख्ने भएकाले सामाजिक दृष्टीकोणले बधाई, सम्मान गरिएको राप्रपा्रका जिल्ला सचिव केशव ओझाले बताए ।
कार्यक्रममा केन्द्रिय सहमहामन्त्री भक्ती सिटौलाले बिर्तामोड वासीको मायाँ उच्च भावना सहितको विजयी अमुल्य उपहार हो, प्रजातान्त्रिक शक्तिहरु एकजुट भएर अघिबढन मार्गनिर्देशन पनि हो । प्रजातात्रिक शक्तिहरु सेवा, शान्ति बाट सबैको मन जितेर अघिबढने गर्छन तर कम्युनिष्टहरुको निती निरंकुशता नै हो त्यसैले शान्ति र स्वतत्रताको लागि अव प्रजातान्त्रिक पार्टीहरु एकजुट हुन आवसेक रहेको धारणा राखेका थिए ।
मन्तव्यकै क्रममा बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङले विर्तामोड खानेपानी दुईपटक नेपालकै उत्कृष्ट भई सकेको छ, यस संस्थाका संस्थापक अध्यक्ष टुरुप प्रसाई केन्द्रिय अध्यक्ष हुनुभएकोले गर्दा बिर्तामोड खानेपानीको साख उच्च छ, बार्षिक करिव ८० भन्दा बढी अन्य ठाउँका उपभोक्ता समितिका पदाधिकारीहरु बिर्तामोड खानेपानीमा अध्ययन आवलोकनको लागि आउने गरेका छन, बिर्तामोड खानेपानीको राम्रो छवीलाई बिग्रार्न चुनावका वेला अनुहारमा एसिट हाने जस्तै आक्रमण भयो तर सचेत जनतामा कुनै भ्रम फैलिन नसक्नेमा म पहिलै ढुक्क थिए । अव यसै महिना भित्र विजनेस प्लान सुरुहुने पनि बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अमरबहादुर विष्टको अध्यक्षयतामा भएको कार्यक्रम जिल्ला सचिव केशव ओझाले संचालन गरेका थिए भने विर्तामोड नगर अध्यक्ष शंकर रिजाल लगायतका नगर, जिल्ला र गाउँ समितिका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।