Aamsanchar

के तिमी आज यो संसारमा हुन्थेउ ?

Author Image
सोमवार, माघ ६, २०७६

घरमा नुन नभएको बेला
भुटुन सिद्दिएको बेला
आमा चिच्याइरहेछिन
बुबा कराइरहेछन, गुहार मागिरहेछन
तर तिमी
कपालमा भुटुन , गालामा पाउडर
र ओठ रसिलो पार्नमै तल्लिन छौ

आमा च्यातिएको चोली टाल्टुल पार्दै
बा को पुरानो टोपी सिउदै गर्दा
तिम्रो मन अत्यन्तै छोटा महङ्गा
आभुषणनै खोजिरहेछ
घरमा गरिबिले महिनौ भइसक्यो
मोइमा धेरै पानी हाली
गुन्द्रुकको झोल मात्र पिएको,
तिमी भने रेस्टुरेन्टमा मोज गर्दै
अरुनै खै के मा पानी हाली
खै के को झोल पिउदै रमाइरहेछौ

आफ्नु सौन्दर्य बिग्रने डरले
आमाको आदेश् नानी गोबर सोहोर-सोहोर ,
भाडा माझ इत्यादिलाई
तिमीअस्विकार गर्छेउ
एउटा कुरा सुटुक्क भन्छु ल

तिम्री आमाले तिमी गर्भमा हुदा
यदि उनले सौन्दर्य बिग्रन्छ भनेकि भए
के तिमी आज यो संसारमा हुन्थेउ ??

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बेलाको बोली
मङ्गलवार, मंसिर ४, २०८१
आशा निराशा (कविता)
आइतवार, कार्तिक २५, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१