Aamsanchar

लागु औषध कारोवारः लागुऔषधसहित पाँच पक्राउ

Author Image
मङ्गलवार, माघ ७, २०७६

पेस्तोल र लागुऔषधसहित पाँच जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको गस्ती टोलीले आइतबार राति १० बजे कानेपोखरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, रामबहादुर पौडेल, गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ रहेका छन् ।
राती उनीहरु को २ ह ३९६८ नम्बरको टेम्पोमा रमाइलो बजारबाट उत्तरतर्फ कानेपोखरी तर्फ जार्दै गर्दा सुरुमा विश्वकर्मा, पौडेल, बस्नेत र ढकाल आइतबारेमा पक्राउ परेका थिए । टेम्पोको हुटको भित्र ‘फल्स बटम’ मा लुकाएर ल्याएको अवस्थामा उनीहरुबाट लागुऔषध प्रहरीले बरामद गरेको थियो । पक्राउ पर्ने मध्ये विश्वकर्मा टेम्पो चालक हुन् । डिएसपी गिरीले सुरुमा पक्राउ परेका चार जनासँग लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स तीन बोतल, स्पास्पोक्रेन प्लस ४८ ट्याब्लेट र विभिन्न कम्पनीका छ वटा मोबाइल सेट फेला परेको डिएसपी गिरीले बताए । पक्राउ परेकाले डाइनियाका मोहम्मद मुस्ताफले आफूहरुलाई लागुऔषध बिक्री गरेको बताए पछि प्रहरीले डाइनिया पुगेर राति नै मुस्ताफलाई पनि पक्राउ गरेको थियो ।

मुस्ताफले प्रहरीले बरामद गरेको लागुऔषध उनीहरुलाई एक हजार पाँच सय रुपैयाँमा बिक्री गरेको खुलेको छ । पाँचै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएपछि उनीहरुले सुन्दरहरैंचा–२ का ५२ वर्षीय अब्बास मियाँसम्म लागुऔषध पु¥याउने गरेको खुलेको डिएसपी गिरीले बताए । मियाँको घर सुनवर्षीको डाइनियामा पनि छ । त्यसपछि सुन्दरहरैंचा र सुनवर्षी दुवै ठाउँमा रहेको उनको घरमा पुगेर प्रहरीले छापा मारेको थियो ।
खानतलासीका क्रममा मियाँको घरबाट विभिन्न कम्पनीका मोबाइलका पाँच थान सेट, लागुऔषध स्पास्पोक्रेन प्लस दुई सय ७८ ट्याब्लेट र नाइट्राभेट एक सय ५० ट्याब्लेट तथा एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीनवटा गोली बरामद भएको डीएसपी गिरीले बताए । उनकाअनुसार मियाँ भने घरमा नभेटिएको र प्रहरीले खोजी तीव्र पारेको छ । पक्राउ परेकाहरु विरुद्ध लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
पठाएको तस्वीर प्रहरीले पठाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर