Aamsanchar

रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटकको मृत्यु

Author Image
मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । पर्यटन बर्ष सुरु भईरहेको अवस्थामा  मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ४ पुरुष र ४ महिला भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

होटलमा बेहोस अवस्थामा भेटेपछि हेलिकोप्टरमार्फत उद्दार गरेर हेम्स अस्पताल काठमाडौं लगिएकोमा उपचारका क्रममा उनिहरूको मृत्यु भएको जनाइएको छ ।

१५ जनाको समूह भारतको केरलाबाट नेपाल घुम्न उनिहरू मध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेकामा मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।

कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरेका भएपनी मृत्युको कारण खुलेको छैन । पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर