धादिङ : मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ। घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा ९सान्ता० र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल लगिएको छ।
तामाङको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ। मंगलबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा समूहमा आएको टोलीले खुकुरी र ढुंगामुढा प्रहार गरेको शान्ताका आफन्तहरुले बताएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङकाअनुसार दुई समूहकाबीच पहिलेदेखि जारी रहेको आपसी विवादको कारण झडप भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान देखाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 197