Aamsanchar

आज चारपानेमा आखाँ र कान डाक्टरबाट निशुल्क सेवा, २ सय भन्दा बढीले सेवा लिईसके

Author Image
बिहिवार, माघ ९, २०७६

चारपाने, माघ ९ । शान्तिदीप महिला कृषि सहकारी संस्थाले आज चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा आयोजना गरेको स्वास्थ्य शिविर जारी रहेको छ ।
संस्थाकी अध्यक्ष हिरा कार्कीको अध्यक्षतामा आयोजना भएको शिविरको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का अध्यक्ष नगेन्द्र संग्रौलाले उदघाटन गरेका थिए ।
महिलाहरुलाई सहकारीको माध्ययमबाट आर्थिक, सामाजिक रुपमा सवल बन्न प्रेरणा मिलोस र समाजमा भएका विपन्न वर्गका व्यक्तिले स्वास्थ्यलाभ लिन सकुन भनेर आखाँ तथा कान स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष कार्कीले बताईन् ।

शिविरमा प्रविधिक सहयोग दृष्टी आखाँ अस्पतालको रहेको थियो । प्रविधिक टोलीमा दृष्टी आखाँ अस्पतालका दृष्टी बिशेषज्ञ डा. अजितकुमार ठाकुर, कान रोग बिशेषज्ञ डा.श्यामशुन्दर यादव, नेत्र अधिकृत किशोर रिजाल, साथै प्राविधिकहरु सुस्मिता राई र रेखा चौलागाइँले सेवा दिएका थिए ।

कार्यक्रममा नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष बिनोद पाण्डे, वडा सदस्य उपेन्द्र पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
उदघाटन कार्यक्रमा औचित्यमाथी प्रकास शान्तिदीप महिला कृषि सहकारी संस्थाकी सचिव शान्ता कडरिया, उपाध्यक्ष लक्ष्मी भट्टराईले स्वागत र संचालन सहसचिव कृष्णकुमारी रिजालले गरेकी थिईन् ।
समाचार तयार पारुनजेल सम्ममा २ सय भन्दा बढीले शिविरबाट सेवा लिईसकेको र वेलुका ४ बजे सम्म शिविर संचालन हुने सहसचिव रिजालले जानकारी दिएकी छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर