Aamsanchar

जग्गा किन्ने सोचमा हुनुहुन्छ धैर्य गर्नुहोस् अब चलन चल्नीको भाउमा किन्नु नपर्ने

Author Image
बिहिवार, माघ ९, २०७६

कालोधनले जग्गाकारोबार गरेर सम्पत्ति शुद्धिकरण गर्नेहरुका लागि सरकारको नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ ।

बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो ।

नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्यरुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको हो । नयाँ प्रणाली अनुसार बैंकहरुमा रकम जम्मा गर्दा तीनपुस्ते सहित आम्दानीको स्रोत समेत खुलाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १ माघ देखि ‘गो–एएमएल’ मा गएका छन् ।

जसका कारण जग्गा बेचेको वास्तविक मूल्य खुल्ने प्रमाण (लिखत) बैंकमा देखाउनुपर्ने हुन्छ । यसअघि धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्यांकन अनुसारको मात्रै राजश्व तिर्ने चलन थियो । अब भने त्यसरी ठग्न नपाउने भएका छन् । बैंकहरुका अनुसार जति सरकारी मूल्यांकन हो त्यहि मूल्यमा जग्गा बेच्नुपर्ने हुन्छ ।

बिक्रेताले पछि बैंकमा रकम जम्मा गर्दा पनि जग्गा बेचेको लिखत देखाउनुपर्ने हुन्छ । त्यसकारण जग्गाको वास्तविक मूल्य भन्दा धेरै देखाउन पाईँदैन । अर्थमन्त्री, नेपाल राष्ट्रबैंकले यसरी नयाँ नियम ल्याएपछि खेतीयोग्य जमिन जथाभावी घडेरीको रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम रोकिने भएको बताइएको छ ।

उता खेतियोग्य जग्गाको जथाभावी कित्ताकाट रोकेको भूमि व्यवस्था मन्त्रालयले पनि बैंकमा रकम जम्मा गर्दा जग्गा बिक्रीको लिखत अनिवार्य गर्ने जनाएको छ । जसले गर्दा भ्रष्टाचार, हुण्डी तथा अन्य गैर कानूनी कारोबारबाट कालोधन जम्मा गरेकाहरुले जग्गामा लगानी गर्ने र बढी मूल्यमा किनेको वा बेचेको देखाएर कालोधन सेतो बनाउने बाटो समेत बन्द हुने भएको छ ।

यसका लागि सरकारी निकायहरु अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्रबैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा बैंकहरुको तालमेछ भैरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 574

प्रतिक्रिया (०)

सम्बन्धित खबर