

काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित दुईजना ८ लाख घुससहित सुर्खेतमा पक्राउ परेका छन् ।

गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले अध्यक्ष केसीलाई पक्राउ गरेको हो ।

अध्यक्ष केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेत पक्राउ परेका छन् ।


घुस लिइसको ८ लाख नगदसहित उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(७ कट्कुवा हेल्थपोष्ट नजिकैबाट शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारको कार्यालय सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।
घटनाको थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
Views: 253

