Aamsanchar

नेपाली परिकार खान सर्वसाधारण लाईनमा, बिर्तामोडमा ढिडो, सेल, खिर लगायतका परिकारको महोत्सव

Author Image
शनिवार, माघ ११, २०७६

बिर्तामोड । मौलिक परिकारलाई प्रचार र व्यवसायिक प्रवर्धन गर्ने उदेश्यले बिर्तामोडमा आज खाना महोत्सव संचालन भई रहेको छ ।

महिला उद्यमी संघ नेपाल, झापाको आयोजनामा महोत्सव सुरुभएको हो । खाना महोत्सवमा नेपाली मौलिक परिकार कोदोको ढिडो, फापरको फुरौला, चामलको सेलरोटी, सिस्नोखोले, खिर, काँचो चना र गुन्दु्रकको अचार लगायतका परिकारहरु बिक्रीमा राखिएको छ ।

महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा संचालन गरिएको खाना महोत्सवको उद्घाटन प्रमुख अतिथि एवं संंविधानसभा सदस्य मनकुमार गौतमले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गौतम, विशेष अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुब शिवाकोटी, वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, लगायतले महिला उद्यमीले संचालन गरेका हरेक गतिविधी प्रशंसायोग्य रहेको छ, मौलिक परिकार संगै अग्यानिक परिकार बनाउनको लागि सुझाब दिएका थिए ।

पर्यटन बर्षलाई मनाउने उदेश्य पनि राखेर आयोजना गरिएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, नारी सञ्चारगृह झापाकी अध्यक्ष अम्बिका भण्डारी, नेपाल फोटो पत्रकार महासंघ झापा अध्यक्ष विनोद पाण्डे, एविसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, प्रेस युनियन झापाकी अध्यक्ष ईन्दु पूर्वेली, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, वीरता लेडी जेसीज अध्यक्ष शुस्मा भण्डारी लगायत ५० भन्दा धेरै संघ संस्थाका प्रतिनिधी सर्वसाधारणको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत महिला उद्यमी संघ नेपालकी कोषाध्यक्ष योसोदा चापागाइँ र संचालन सचिव नैनकला भट्टराईले गरेकी थिईन ।

समाचार तयार पारुनजेल सम्म २ सय ५० जनाले खाना खाईसकेको र दिनभरीमा ५ सय भन्दा धेरैलाई सशुल्क खाना खुवाउने लक्ष्य राखेको अध्यक्ष भट्टराईले बताएकी छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
शुक्रवार, पौष २६, २०८१
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१