Aamsanchar

बिर्तामोडमा १८ दिने सेल सुरु

Author Image
सोमवार, माघ १३, २०७६

बिर्तामोड । सहरबजार धनी र गरिव वर्गको खाडल गहिरिदै गएको छ, सम्पन्न व्यक्तीले सहरका ठुला ठुला मलमा आवसेक सामान खरिद गर्न सक्छन र मध्ययम, विपन्न वर्गका लागि त्यस्ता ठाउँ केवल आखाँको रमिता मात्र रहने गर्छ ।

आफ्नो आयश्रोत अनुसार राम्रो लाउने मन कस्लाई हुदैन र त्यस्तै मनमा अनेकौं इच्छालाई कुन्ठियाएर राख्न बाध्य रहेकालाई लक्षित गरेर झापा बिर्तामोड–५ मा रहेको प्रकाश शितल मिनी मार्केटमा विशेष छुटका साथ सेल महोत्सव शुरु गरिएकोे छ ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरी सेल महोत्सवको सोमवार एक कार्यक्रमका विच उट्घाटन गरिएको हो । सेल महोत्सवको उद्घाटन बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

सेल महोत्सव माघ १३ देखि माघ मसान्तसम्म सञ्चालन गरिने भएको छ । सेल महोत्सव उद्घाटन कार्यक्रममा स्वागत व्यवसायी लक्ष्मी दाहालले गरेका थिए । कार्यक्रममा मार्केट सञ्चालक तथा उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, व्यवसायी राम सुब्बा, प्रमुख अतिथिलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी, रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)