Aamsanchar

सात बर्षिय छोरी करणी गर्ने कनकाईका तुलसीदास श्रेष्ठ पक्राउ

Author Image
बुधवार, माघ १५, २०७६

झापा कनकाई नगरपालिका १ प्रजापतिका  एक व्याक्तिले आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । झापा कनकाई नगरपालिका–१ प्रजापतिका एक व्यक्तिले मादक पदार्थ सेवन गरी छोरीलाई करणी गरेको आरोपमा पहरीले पक्राउ गरेको हो ।

मादक पदार्थले लठ्ठ भई आफ्नै छोरी करणि गर्ने ३० वर्षीय बाबुलाई मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।

हजुरआमासमेत शारीरिकरूपमा अशक्त रहेको अवस्थामा हजुरआमासँग सुतिरहेकी छोरीलाई आफूसँग सुत्न बोलाएर करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। यता आफ्नै बाबुले बलत्कार गरेपछि सक्त घाईते बनेकी ती वालिकाको उपचारभैरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर