

बाह्रदशी : झापाको बाह्रदशी गाउँपालिका-१ कि ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । मणी आफ्नै घर भित्र मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको थियो ।

घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Views: 220

