काठमाडौँ । अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझ ८।३० बजेसम्म फेला परेका छैनन् ।
फसेका पर्यटकको खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेत स्थानीयसँग सम्पर्क विहिनहुँदा थप समस्या भएको छ। शुक्रबार दिउँसो २ बजेसम्म फोनमा कुराकानी भएपनि भीर, बाक्लो हिउँ जमेको घना जंगलको बीचमा फसेकोले स्थान पत्ता नलाग्दा उद्धार गर्न अप्ठ्यारो भएको हो। बिहीबार बिहान खोप्राबाट हिँडेका काठमाडौंका अंकित शाहसमेत ४ जना आन्तरिक पर्यटक बाक्लो हिउँमा बाटो छिचोल्न नसक्दा भीर र जंगलमा पुगेका हुन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
हराएका पर्यटकको फोन लोकेसन अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ लेकगाउँदेखी माथि रेलेखोला र घलेम्दीखोलाको बीचको जंगलमा देखिएको छ। गुगल म्यापको लोकेसनले हराएका पर्यटक रहेको स्थानदेखि केही तल घलेम्दी जलविधुत आयोजनाको मुहान देखिन्छ। तर उक्त स्थानमा पुग्ने बाटोमा बाक्लो हिउँ जमेको तथा घनाजंगल भएकोले उद्धारकर्ता सजिलै पुग्न सकेका छैनन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
‘दिउँसोसम्म मोबाइलमा कुराकानी भएको हो। उनीहरुले आफूहरु भएको लोकेसन बताउन सकेनन्, आगो बाल्न प्रयास गर्न लगयौं तर सम्भव भएन’ घटनास्थल नजिक पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘खोज्न गएका स्थानीयसमेत सम्पर्कविहिन भएकोले अन्यौल भएको छ। शनिबार बिहानै हेलिकोप्टर र सेना परिचालन गर्ने योजनामा छौं।’
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
पदमार्ग बाक्लो हिउँले ढाकिँदा उनीहरु बाटो विराएर घना जंगल र भीरमा पुगेका थिए। बाटो विराएपछि उनीहरुले बिहिबार नै प्रहरीरप्रशासनमा उद्धारकालागि गुहार मागेपनि शुक्रबार अबेर सिडियो, डिएसपी समेत केही प्रहरी सामान्य अवस्थामा घटनास्थलतर्फ लागेका थिए। प्रहरी जानुअघि नै सथानीय हराएका पर्यटक खोज्न जंगलतर्फ लागेका थिए।
‘उनीहरुसँग माबाइलमा कुराकानी भयो। हामी वारी कराएको उनीहरुले सुनेको फोनमा बताउँछन् तर उनीहरुले चर्को आवाज निकाल्न नसक्दा नजिकै पुगेर पनि उनीहरुलाई भेट्टाउन सकेका छैनौं’ शुक्रबार दिउँसो ३ बजे उद्धारमा गएका स्थानीय चुपिन पुर्जाले भनेका थिए, ‘हामी रेलेखोलाको नजिक छौं, उहाँहरु खोंचमा छौं भन्नु हुन्छ, बाक्लो हिउँले हिँड्न सकिने अवस्थै छैन।’ आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।