Aamsanchar

पदभार ग्रहण नगर्दै, सामाजिक सेवामा वीरता जेसीज

Author Image
शनिवार, माघ १८, २०७६

बिर्तामोड । वीरता जेसीजको संयोजनमा अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका विद्यार्थीहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
वीरता जेसीज बर्ष २०२० का नवनियुक्त महासचिव विकास बस्नेतकोे सहजीकरणमा बस्नेतले छोरीको जन्मदिन अपाङ्गगता भएका बालबालिकाहरुलाई सेवा गरेर मनाईएको छ ।
बिर्तामोड १ निवासी विकास बस्नेत र सरिना श्रेष्ठ वस्नेतले आफ्नी छोरी लुनिभा वस्नेतको जन्मदिन सामाजिक कार्य गरेर मनाएका हुन् । छोरी लुनिभाको प्रथम जन्मदिनको अवसरमा बस्नेत दम्पतिले अर्जुनधारा नगरपालिका ६ कप्तानबारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई लत्ताकपडा , शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

पछिल्लो समय जन्मदिन खर्चिलो र भड्किलो बन्दै गएको र जन्मदिनमा खर्च गर्ने रकम कटौती गरी जन्मदिन मनाउनु पर्छ भन्ने सन्देश दिन यसप्रकारले छोरीको जन्मदिन मनाइदिएको बस्नेतले बताए ।
वीरता जेसीजका वर्ष २०२० का अध्यक्ष मिजाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले बस्नेतले गरेको कार्यको प्रसंसा गर्दै यस्तो कार्यको सवैले अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर