काठमाडौं । संजोग राई शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
संजोगको हृयाट्रिक मद्दतमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४(० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्यो ।
४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि संयोज छाए । ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।
जितपछि थ्रीस्टारले १० खेलबाट १७ अंक जोडेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 193