Aamsanchar

निजी र सरकारी विद्यालयमा विभेद नगर्न माग

Author Image
बुधवार, माघ २२, २०७६


सुरुङ्गा, माघ २२ । निजी विद्यालय सञ्चालकहरुले नेपाल सरकारसँग निजी र सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका वीच विभेद नगर्न माग गरेका छन् ।
संस्थागत (निजी) विद्यालय सञ्चालकहरुले निजी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई सरकारले सेनेटरी प्याड वितरण, दिवा खाजा र दलित तथा अल्पसंख्यकलाई छात्रवृत्ति लगायतका सेवासुविधामा विभेद गरिरहेको आरोप लगाएका छन् ।

कनकाई प्याब्सनद्वारा सुरुङ्गामा आयोजित ‘संस्थागत विद्यालयको शिक्षामा योगदान तथा वर्तमान अवस्था’ विषयक कार्यक्रममा बोल्दै सहभागीहरुले सरकारी विभेदले ससाना बालबालिकाको कलिलो मानसपटलमा राज्यप्रति विद्रोही भावना जागृत हुनसक्ने धारणा राखेका थिए ।

झापा प्याब्सनका अध्यक्ष एलपी उप्रेतीले सरकारले निजी विद्यालयलाई भवन निर्माणको खर्च र शिक्षकलाई तलब नदिए पनि कम्तीमा शिक्षकलाई तालिम र ती विद्यालयमा अध्ययनरत् बालबालिकाका लागि खेल सामग्री र अल्पसंख्यक तथा दलित छात्रवृत्तिमा असमान व्यवहार नगर्न सुझाए । कार्यक्रममा कनकाई प्याब्सनका अध्यक्ष बिनोद सुब्बाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य हीराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, साझा पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद अधिकारी, कनकाई नगर शिक्षा प्रमुख पीताम्बर गौतम, कनकाई नगरपालिका वार्ड नम्बर ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, नेकपाका नगर अध्यक्ष रवीन्द्र लम्साल, नेपाली कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया, भगवती आधारभूत विद्यालय चप्रामारीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद पाठक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कनकाई प्याब्सनका सचिव केशवप्रसाद शर्मा बेडारी र कोषाध्यक्ष सागर ढुङ्गानाले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)