सुरुङ्गा। सुरुङ्गा जेसीजको ११ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले जेसीज चेन वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीलाई हस्तान्तरण गर्दै कार्यभार सुम्पेका थिए । अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ खाएका थिए । यस अघि नै सुरुङ्गा जेसीजको १२ औं साधारण सभाबाट सर्वसम्मत रुपमा वर्ष २०२० को अध्यक्षमा उप्रेती निर्वाचित भएका थिए ।
युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष, पशुपति अंग्रेजी माविका शिक्षक, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका वर्ष २०१९–२०२० का कोषाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका उप्रेती सुरुङ्गा क्षेत्रमा क्रियाशलि युवा व्यक्तित्वका रुपमा परिचित छन् । जेसीजको विधान अनुसार अध्यक्षसहित दुईजना कार्यकारिणी उपाध्यक्ष, चारजना उपाध्यक्ष र एकजना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनु पर्ने भएकाले सोही अधिवेशनसहितको साधारणसभाबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
कार्यकारिणी उपाध्यक्षद्वयमा सुमन कार्की र प्रबिन तिम्सिना तथा चारजना उपाध्यक्षमा क्रमशः अनमिका सिटौला मैनाली, बिनिता मैनाली बिमली, केशब शिवाकोटी र दीपेन्द्र प्रधान साथै जनसम्पर्क अधिकारीमा प्रतापबाबु कट्टेल सर्वसम्मत रुपमा निर्वाचित भएका थिए अध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा तत्कालै मनोनित गरेका थिए ।
जस अनुसार कानुनी सल्लाहकारमा यदुका (उषा) उप्रेती, महासचिवमा अर्जुन बोहोरा र कोषाध्यक्षमा किशोर दाहाल मनोनित भएका थिए । पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष उप्रेतीले सचिवमा दुर्गाप्रसाद पाठक, सहकोषाध्यक्षमा सुशिला बोहोरा कार्की, तालिम संयोजकमा चन्द्रकला ढकाल सिटौला, जेसीज सप्ताह संयोजकमा सुष्मा न्यौपाने उप्रेती, लोम सम्पादकमा राजकुमार कट्टेल, वातावरण संयोजकमा हिमांशु उप्रेती, व्यवसाय संयोजकमा भूवन खरेल, थिम डाइरेक्टरमा नमिता काफ्ले, स्वास्थ्य संयोजकमा मेनुका उप्रेती (देवका), सांस्कृतिक संयोजकमा खुश्बू पौडेल तिम्सिना, महिला संयोजकमा मुक्ता कार्की दाहाल, सञ्चार संयोजकमा रिशबसिंह चाहार र खेलकुद संयोजकमा टीकाराम भण्डारी (सुदीप) लाई मनोनयन गरेको जानकारी दिए ।
सो अवसरमा हजार जना भन्दा धेरै बालबालिकालाई संरक्षण दिदै आएकी क्रियाशील अभियन्ता इन्दिरा रानामगरलाई वर्ष उत्कृष्ट नागरिकका रुपमा अभिनन्दन गरिएको थियो । प्रदेश नं. १ का कानुन तथा आन्तरिक मामिला मन्त्री माननीय हिक्मत कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापा, कनकाई नगरपालिकाका उपमेयर मञ्जु प्रसाई, नेपाली कांग्रेसका नेता देउकुमार थेबे लगायतले सुरुङ्गा जेसीजले व्यक्तित्व तथा नेतृत्व विकास र समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।