Aamsanchar

हत्या अभियोगमा सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित १० जनाविरुद्ध किटानी जाहेरी

Author Image
बिहिवार, माघ २३, २०७६

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणमा संलग्न रहेको भन्दै बिहीबार १० जनाविरुद्ध किटानी जाहेरी परेको छ।

मृतक कुमार पौडेलकी ७० वर्षीया आमा दुर्गादेवी पौडेलले तत्कालीन सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी गोपाल भट्टराईसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।

जाहेरीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न माग गरिएको छ। मानवअधिकारकर्मी चरण प्रसाईका अनुसार जाहेरीमा छोराको गैरन्यायिक हत्या गरिएको उल्लेख छ। गत असार ५ गते प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो। प्रहरीले पौडेलको मृत्यु दोहोरो गोली हानाहानुमा भएको जनाएको थियो।

त्यसपछि सत्तारुढ नेकपा र प्रतिपक्षी का‌ंग्रेसका सांसदहरूले पौडेललाई समातेपछि हातखुट्टा बाँधेर हत्या गरेको भन्दै संसदमा विरोध जनाएका थिए। का‌ंग्रेससहितका दलले पौडेललाई नियन्त्रणमा लिएर गोली हानी हत्या गरिएको भन्दै संसद नै अवरोध गरेका थिए। राष्ट्रिय मानव अधिकार आयोगले पनि पौडेलको हत्या भएको निष्कर्षसहित आदेश दिने र आदेश पालना गर्नेमाथि कारवाही अगाडि बढाउन सिफारिस गरेको थियो। आयोगले घटनामा प्रत्यक्ष संलग्‍न, एक प्रहरी निरीक्षक र दुई हबलदारलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर