Aamsanchar

मकवानपुर चेपाङ्ग बालबालिकाको लागि शिक्षा अभियान सुरु

Author Image
शुक्रवार, माघ २४, २०७६


तपाइहरु मध्ये कति लाई समाजसेवा गर्न मन लाग्छ रुसबैलाइ लाग्छ नि हैरुकिनकी हामी चेतनशिल अनि बिबेकशिल प्राणी हौ निरु अपाङग,असहाय,गरिब,वृद्ध,अनाथ ब्याक्तीहरु देख्दा हामी सबैको मनमा आफ्नो क्षमता अनुसारको सहयोगको भावना पनि निस्किन्छ नि हैरुर यो पनि लाग्ला समाज सेवा गर्न एकदमै सजिलो छ।

प्राय हामी यहि सोचिरहेका हुन्छौ तर ब्यबहारिकता मा भने सोचे भन्दा गार्हो पनि छ।
यहि गाह्रो चुनौतिलाइ काधमा बोकेर करिब आधा दशक बढि समय सेवामा अहोरात्र समाजसेवामा खटिने ब्याक्तिको नाम हो रामेश्वर शर्मा ९भुर्तेल०।राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका विभिन्न संघ सस्थामा आबद्ध भै समाजसेवामा काम गरिरहेका शर्मा कहिले भुकम्पमा परि घर बाँस गुमाएकालाई सहयोग गर्न प्रभाबित क्षेत्रमा पुग्छन त कहिले तराइ बाडिले डुब्दा तराइमा राहत सामग्री लिएर पुगेका हुन्छन,कहिले बिकट कर्णालीका बालबालिकाहरलाइ शैक्षिक सामाग्री लिएर पुगेका हुन्छन त कहिले पुर्बको ताप्लेजुङ पाँचथर।काठमाडौका विभिन्न बृद्ध आश्रम ,बालआश्रम तथा अनाथलयहरुमा त हप्तापिच्छे पुगेकै हुन्छन।

भरखर २४ वसन्त प्रबेश गरेका शर्माले २ बर्षभन्दा बढी ग्ल्ज्ऋच् मा स्वयंसेवकको रुपमा काम गरेका छन।शर्माको समाजप्रतिको चिन्तन र मनन देखेर जो कोहि पनि प्रेरित हुन्छ।हुनत समाज सेवाको न जात हुन्छ,न धर्म न त कुनै पक्ष हुन्छ त केवल एउटै लक्ष त्यो हो कसैले केहि पाओस।त्यसमा पनि शिक्षाको उज्यालो ज्योति बाट कोहि पनि बालबालिका बन्चित हुन नपरोस भन्ने मनसायले बिगत ५ बर्ष देखि आफ्नो ब्याक्तिगत पहल र नेतृत्वमा देशका विभिन्न ठाउहरुमा विभिन्न बिद्यालयमा शैक्षिक सामाग्री बितरण कार्यक्रम सफल रुपमा समापन गरिसकेका छन।

सिन्धुपाल्चोक को तिनघरे,सिन्धुपाल्चोककै पिस्कर,मकवानपुरको राक्सिराङ जिर्खेडाडा,चितवनको भरतपुर,धादिङ्ग,नुवाकोट ,काभ्रेपलान्चोक,रसुवाका बिकट ठाउहरु लगाएत दर्जन भन्दा बढी बिद्यालयका बालबालिकाहरुलाइ पोसाक,शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिसकेका छन।यस्तै दर्जन भन्दा बढी बालबालिकाको अभिभाबकत्व आफैले बहन गरेका छन।सामान्य परिवारमा जन्मिएका शर्मा यो रमाइलो,साथी सर्कल ,घुम्घाम ,घरजम गर्ने उमेर किन र कसरी यतातिर मन लाग्यो कसरी सम्भब भैरहेको छरुभन्ने प्रश्नमा घरजम बाहेक अरु कुरामा भन्नू हुन्छ ‘मानिशलाइ जे कुराले खुसि प्रदान गर्छ त्यहि गर्ने हो मैले समाजसेवा गरेर सबै पाको छु ,मन देखि लाग्नु पर्दो रहेछ गर्न सकिदो रहेछ,यो सब सबै सहयोगी मन हरुको सहयोग र साथले सम्भब भएको हो’ शर्माले यो बर्ष पनि मकवानपुर जिल्लाको राक्सिराङ ७ चरिमारामा चेपाङ बालबालिकाको लागि शैक्षिक तथा खेलकुद सामाग्री बितरण कार्यक्रम २०७६ूअभियान मार्फत सबै सहयोगी मनहरुमा सहयोगको लागि अपील गरेका छन।

मकवानपुर जिल्लाको अति नै विकट गाउँ राक्सिराङ गा।पा ७ चरिमारामा करिब ३०० चेपाङ समुदायको बसोबास रहेको छ। यश समुदायको मुख्य पेषा कृषि हो ।मकै ,कोदो ,गहु आदि उत्पादन त हुन्छ तर उतपादित अन्नले ६ महिना खाना पुग्दैने अन्य भनेको मौसमी ज्याला मजदुरी हो ।त्यसकारण यो समुदायको सामाजिक ,आर्थिक,शैक्षिक स्वास्थ्य अबस्था अत्यन्त न्यून रहेको छ।त्यसको असर सिधै बालबालिकाको शिक्षामा पर्न गएको छ।चरिमाराकै गाउमा एक सामुदायिक प्राथामिक बिद्यालय छ।तर घरको अबस्था अतन्त्यै नाजुक हुदा नियमित बिद्यालय जाने बाताबरण छैन।कत्तिले त घरको अबस्थाकै कारण बालबालिकालाइ श्रमको लागि मनहरी,हेटौडा,काठमाडौ,नारायणगढ लगाएतका सहरहरुमा पठाउने गरेका छन।पुस्तौ देखि यो क्रम चलिरहेको छ।चरिमाराका बालबालिका हरु सामान्य पोसाक,शैक्षिक सामाग्री नभएकै भरमा स्कुल जानबाट बन्चित हुनुपरेको यो अबस्थालाइ हामी सबैको सानो सहयोगले चेपाङ्ग बालबालिकाको शिक्षामा केही सहयोग पुग्नेछ सबै मिलि सहयोग गरौ न है ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)