विराटनगर : मोरङको विराटनगर १२ बखरीमा एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ताका अनुसार घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव उखुबारीमा भेटिएको हो । शुक्रबार दिउसो करिब १२ बजे शव फेला परेको उनले जानकारी दिए । शवको पहिचान नखुलेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Views: 141

