Aamsanchar

महेन्द्र–रत्न माध्यमिक विद्यालयमा १२ कोठे भवन उद्घाटन, पूर्व शिक्षकहरु सम्मानित

Author Image
शुक्रवार, माघ २४, २०७६

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ स्थित श्री महेन्द्र–रत्न माध्यमिक विद्यालयमा शुक्रबार नयाँ भवन उद्घाटन,विदाई तथा सम्मान कार्यक्रम सम्पन भएको छ ।

विद्यालय व्यवस्थापन समिती सदस्य भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको रहेको थियो ।
खरेलले नवनिर्मित १२ कोठे भवनको उद्घाटन उद्घाटन गरेकी थिईन । प्रमुख अतिथि खरेलले नमूना विद्यालय निर्माणमा निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको शिक्षक युवराज कट्टेलले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान प्रधानाध्यापक मनबहादुर लिम्बु सहितलाई सम्मान गरिएको थियो भने त्यसैगरी विद्यालय प्रती शैक्षिक योगदान गर्नेहरु पुर्व शिक्षक कविन्द्र प्रसाईं, ईन्द्र बहादुर भट्टराई ,श्यामकुमारी विष्ट,किशोर संङ्गौला ,दिलिप लामा, कर्माचारीहरु जस बहादुर राई र ज्ञानीमाया राईलाई विदाई तथा सम्मान गरिएको थियो ।
त्यसैगरी सुरेश स्मृति अक्षय कोष द्वारा ८ जना विद्यार्थीहरुलाई जनही चार हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । अल्पसंख्यक जाती सन्थालका ७० जना विद्यार्थीहरुलाई स्कुल व्याग हस्तान्तरण गरिएको थियो । यसै समारोहका विच विद्यालयलाई सहयोग गर्ने दर्जनौ समाजसेवीहरुलाई पनि सम्मान गरिएको छ ।

स्वर्गीय शिक्षक श्री कल्पना श्रेष्ठ कन्दङवा स्मृति अक्षयकोष स्थापनाका लागि हिमालय प्रकाश कन्दङ्गवा रु ५ लाख स्थापना गर्ने घोषणा गरेका छन, कन्दङवाले श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना गर्ने सोचका साथ शुक्रबारनै विद्यालयलाई चेक हस्तान्तरण पनि गरेका छन । कार्यक्रममा विधिन्न जातिय, साँस्कृतिक झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नगर शिक्षा अधिकारी तिलचन भण्डारी, पुर्व प्रधानाध्यापक देवेन्द्र गौतम ,पुर्व विद्यालय व्यवस्थपन समिति अध्यक्ष राम नारायण चौधरी ,पुर्व विद्यालय समाजका अध्यक्ष राजकुमार पोख्रेल ,सम्मानित निर्वतमान प्रधानाध्यापक मनबहादुर लिम्बू ,पुर्व संसद डिल्ली सिटौला , प्रदेश संसद एकराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले स्वागत गरेका थिए ।

Views: 564

प्रतिक्रिया (०)

सम्बन्धित खबर