Aamsanchar

थुनुवा छुटाउन भनी ४२ लाख घुस लिने वकिल पक्राउ

Author Image
शुक्रवार, माघ २४, २०७६

पेशाले न्याय दिला भन्छ, कर्मले भ्रष्ट बन भन्छ भने झै राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् ।

नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ करोड २५ लाख धरौटी माग गरेको थियो । उनी धरौटी नतिरी कैद भुक्तान गरिरहेका व्यक्ति हुन् ।

अधिवक्ता रानामगरले माइतीघरमा रहेको जन न्यायिक कानूनी सेवा नामको फर्मबाट सीआईबीको टोलीले पक्राउ गरेको हो।

वकिल रानामगरले दाहाललाई जग्गा धितो राखी सेटिङ् मिलाई जमानतमा छुटाई दिने भनेर दाहालको बुवा तिर्थ राज दाहालबाट घुस लिएका थिए। उनले तिर्थराजबाट करारनामाको कागज समेत गरी रु। ४२ लाख लिई ठगी गरेको उजुरीपेरको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर