Aamsanchar

आजको राशीफल (२०७६ माघ २५ गते शनिबार)

Author Image
शनिवार, माघ २५, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मनमा सङ्का उत्पन्न हुनसक्छ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउनपनि सक्छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर