Aamsanchar

आज पशुपतिनाथको छाँया दर्शन गर्ने दिन

Author Image
शनिवार, माघ २५, २०७६

सनातन सभ्यताको केन्द्रबिन्दु अनि इतिहास भन्दा पनि पूरानो बिश्वभरिका हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्र देवपतन, जगवागेश्वरी, गौरीघाट, चावहील, कुटुम्वाहल, सिफल, गौशाला, पिगंलास्थान र श्लेषमान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ । पवित्र बाग्मती नदिको प्रवाहले सिंचीत पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठूला बिभिन्न शैलीका मन्दिर, सत्तल, ढुङ्गेधारा, देवालय, मठ लगायत करिब १ हजार शिवलिङ्ग रहेको पाइन्छ ।

हरेक वर्ष माघ शुक्ल चर्तुदशीका दिन बिशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पुशपतिनाथको शिवलिङ्गको छाँया दर्शन गराउने चलन छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा र स्थानीय नेवा समुदायका भक्तजनहरुले पशुपतिनाथको शिवलिङ्गलाई आजका दिन पूजा गर्ने र नयाँ मुकुट पहिर्याउने चलन रहेको छ । यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाउने गरिन्छ।

यस दिन पशुपतिमा बिशेष रहन्छ, आराध्यदेवको प्रतिमाको छाँया हेर्न भक्तजनहरुको बिशेष घुँईचो रहन्छ । यसरी छाँया हेर्ने समयभनें दिँउसो देखि साँझको आरती नहुन्जेलसम्म हेर्न पाइने प्रबन्ध मिलाइएको हुन्छ । मौका मिलेसम्म यस पवित्र अवसरमा दर्शन गर्न जान नभुल्नुहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 787

प्रतिक्रिया (०)

सम्बन्धित खबर