Aamsanchar

सेनाका जवानले अन्धाधुन्ध गोलीबारी गर्दा २० जनाको मृत्यु

Author Image
आइतवार, माघ २६, २०७६

थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक जवानको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

बीबीसी थाईसँगको कुराकानीमा रक्षा मन्त्रालयका प्रवक्ताले बताए अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि हमला गरेका थिए ।

त्यसपछि उनले उत्तर पूर्व बैंकको शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोलीबारी गरे । हमलाकर्ता अहिले कतै लुकिरहेका छन् । स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य चारजनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उक्त घटनामा ३१ जना घाइते भएको जसमध्ये १० को स्थिती गम्भीर बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सोसल मिडियामा दिइरहेका थिए अपडेटः

स्थानीय मिडियाको फुटेजमा देखिए अनुसार संदिग्ध हमलाकर्ता आफ्नो कारबाट सपिङ सेन्टर बाहिर निस्किरहेको र मानिसहरुमाथि गोली वर्षाइरहेको देखिएका छन् । थुप्रै फुटेजमा भवनबाहिर आगो पनि देखिएको छ ।

केही रिपोर्टका अनुसार गोली लागेका कारण एउटा ग्यास सिलिन्डर पड्किएको जसका कारण आगलागी भएको हो । संदिग्धले आफ्नो एक तस्बिर सोसल मिडियामा पोष्ट गरेका छन् जसमा उनी आगो अगाडि उभिएका छन् ।

प्रशासनले सपिङ सेन्टर सील गरेको छ र संदिग्धको खोजी गरिरहेको छ । पुलिसले स्थानीयलाई आफ्नै घरभित्र रहन आग्रह गरेको छ ।

संदिग्धले कुन उद्देश्यका साथ हमला गरेका थिए, त्यो भने स्पष्ट भएको छैन । हमलाको क्रममा संदिग्धले सोसल मिडियामा पोष्ट पनि गरिरहेका थिए, एक पोष्टमा उनले कता आत्मसमर्पण गर्ने भनेर सोधिरहेका थिए । रातोपाटीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर