सेवाग्राहीको हितलाई मध्यनजर गरेर फेब्रुअरी १२ देखि युएईको मावारिद एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई उपहारै उपहार प्रदान गर्ने भएको छ । युएईको दुबई र शारजाहमा रहेका आफ्ना ५ वटा शाखाहरुबाट रेमिट्यान्स गर्दा आइफोन र टिभीका साथमा अन्य उपहारहरु पाइने जनाएको छ ।
नेपाली कामदारहरुलाई लक्षित गरी मावारिद एक्सचेञ्जमार्फत नेपालमा १०६ वटा शाखा भएको सिभिल बैंक र नेपालभरिका १० हजार एजेन्टहरुबाट सजिलोसँग पैसा निकाल्न सकिने सिभिल बैंकका युएई प्रतिनिधि सन्जीतजंग सिंहले जानकारी दिएका छन ।
मावारिद एक्सचेञ्जले अन्य एक्सचेञ्जभन्दा राम्रो रेट तथा पैसा पठाउदा लाग्ने शुल्क एकदम कम मात्र लाग्ने र सबै शाखाहरुमा नेपाली कामदार भएका कारण कारोबार सहज हुने सिंहले बताउनुभयो ।
सिंहका अनुसार बर दुबईको अस्टेरिया होटल अगाडिको बाटोबाट अदिल फुडस्ट्फसँगै रहेको मावारिद एक्सचेञ्ज, सोनापुरको ग्रान्ड हाइपरमार्केट (बस पार्क अगाडि), जेबल अली पार्को हाइपरमार्केट (बस पार्क अगाडि), शारजाह बुतिना र मुहेलामा नेस्टो हाइपरमार्केट रहेको मावारिद एक्सचेञ्जको शाखाबाट कारोबार गर्दा जो कोहीले उपहार पाउन बताईएको छ ।