बन्चराको विडले हिर्काएर झापामा एक बुबाले छोरीको हत्या गरेका छन।

मादक पदार्थ सेवन गरी विहीबार राती साढे ८ बजे शिवसताक्षी ९ का ४६ वर्षीय भीमवहादुर ठटालले झड्केली छोरीको रेखाको हत्या गरेका हुन ।

स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका संरक्षक पिताले वच्चराको विडले हिर्काएका थिए । बाबुको कुटाईवाट गम्भिर घाईते भएकी रेखाको विर्तामोड स्थित एक हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक रेखाको बारेमा अन्य थप कुरा केहि खुलेको छैन । जिल्ला प्रहरी कार्यलय झापाले घटनाको वारेमा विस्तृत जानकारी आईनपुगेको बताएको छ ।
Views: 167



