Aamsanchar

नेता किरातीको पैदल यात्रा दमक पुग्यो

Author Image
शुक्रवार, फागुन २, २०७६

तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस मनाइरहदाँ माओवादी केन्द्रले भने पूर्व–पश्चिम राजमार्गमा जनयुद्धको झल्को दिनेगरी पैदल यात्रा सुरु गरेको छ ।

जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रले देश बचाउँ अभियान सुरु गरेको हो । वर्तमान अवस्थामा संविधान प्रति आफ्नो विमती नभएपनि राज्य सत्ता सञ्चालनमा पुगेका नेतृत्वले गद्धारी गरेकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको अध्यक्ष किरातीले बताए ।

माओवादी लेखिएको रातो क्याप, जनसेनाको झल्को दिनेगरी बन्दोबस्तीका सामान बोकेर लामबद्ध रुपमा निस्किएका लडाकु झैं राजमार्ग किरानमा पैदल यात्रा गरिरहदाँ हेर्ने सर्वसाधार निकै थिए । अझै पनि द्धन्द्धको झल्को नबिर्सेका जनतालाई किराती नेतृत्वको माओवादी केन्द्रले जनयुद्ध दिवसकै दिन सम्झाएको छ ।

गाँउमा परेड खेल्ने तत्कालिन माओवादी लडाकु निस्किए झैं किराती नेतृत्वको माओवादी केन्द्र पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गर्दै निस्किएको हो ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर