Aamsanchar

बाल क्लवको उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

Author Image
आइतवार, फागुन ४, २०७६

कनकाई: बालबालिकामा रहेको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले कनकाई ७ स्थित सरस्वती बाल क्लवले एक दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

कनकाई ७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको तालिमको कञ्चनजंघा एफएमका समाचार सम्पादक केशब भट्टराई र कनकाई नगरपालिकाकी बालबालिका तथा महिला शाखाकी प्रमुख टिका खतिवडाले सहजीकरण गरेका थिए । बाल क्लवका अध्यक्ष सार्थक निरौलाको सभापतित्व एवम् कनकाई नगर वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न तालिम कार्यक्रममा वडा नं. ७ मा रहेका एकसय बालाबालिकाको सहभागीता रहेको वताइएको छ । तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष कन्दङ्वाले बालबालिकाको संरक्षण साथै चौतर्फी विकासकालागि स्थानीय सरकार समेत गम्भीर भएको बताएका छन् । खानपान र दुव्र्यसनीका कारण दिनप्रतिदिन अस्वस्थ बन्दै गएको आजको मानव समुदायमा बाल्यअवस्थादेखी नै सकारात्मक सोचका साथ नयाँ संस्कारको विकास तर्फ अघि बढ्नु पर्नेमा वडाअध्यक्ष कन्दङ्वाले जोड दिएका छन् ।

जनप्रतिनिधीहरुले स्थानीय तहको नेतृत्व सम्हालेसँगै नगरका हरेक वडामा सक्रिय बन्दै अघि बढेका बाल क्लवहरुलाई वडा कार्यालयवाट समेत ठूलो सहयोग हुँदै आएको बाल क्लवका सरोकारवालाहरुले बताएका छन् । तालिम कार्यक्रममा सहभागी सवै बालबालिकाहरुलाई क्लवका अध्यक्ष सार्थक निरौला र कार्यक्रमका प्रमुख अतिथी लिलावहादुर कन्दङ्बाले प्रमाण पत्र वितरण गरेकाा थिए ।

क्लवका कोषाध्यक्ष आरुष श्रेष्ठको संचालन तथा उपाध्यक्ष सुवर्णा तामाङ्ले स्वागत गरेको कार्यक्रममा वडासदस्य प्रकाश शिवाकोटी, कनकाई नगर बाल संजालकी निवर्तमान अध्यक्ष सारिका गिरी, कनकाई माविका पूर्व प्रधानाध्यापक गोपिकृष्ण भट्टराई, ज्येष्ठ नागरिक संघ वडा नं. ७ का अध्यक्ष धनराज खड्का, पत्रकार रामप्रसाद निरौला, वडा बाल क्लवका निवर्तमान अध्यक्ष अर्जुन चौधरी, सहभागीका तर्फवाट पुनम दहाल, स्मीता तिम्सिना र सुमित लिम्बूले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)